प्रधानमन्त्री कप महिला क्रिकेट : बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले हरायो
_qc1CaGbDBJ.jpg)
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन भएको खेलमा बागमती प्रदेशले मधेश प्रदेशलाई २८ रनले पराजित गरेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मधेश प्रदेशले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर ८९ रनमात्र बनाउन सक्यो ।
मधेश प्रदेशका लागि पूजा महतोले ३५ र अनुराधा चौधरीले २१ रन बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी पूजाले ४५ बलमा चार चौका प्रहार गरेकी थिइन् ।
ओपनर अनुराधाले भने २८ बलमा तीन चौका प्रहार गरिन् । यसदेखि वाहेक प्रतिमा शाहले मात्र दोहोरो अंकमा रन बनाउन सकिन् । उनले २० बलमा अविजित १५ रन जोडिन् । अन्य ब्याट्रले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
अन्य ब्याट्रले ब्यक्तिगत रुपमा बनाएभन्दा बढी रन मधेश प्रदेशले अतिरिक्त रुपमा पाएको थियो । मधेश प्रदेशले अतिरिक्त रुपमा सात रन पायो । बागमती प्रदेशका बलर अस्मिना कर्माचार्यले दुई र मनिषा उपाध्यायले एक विकेट लिए । अस्मिना प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्यसअघि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय १७ रन बनाएको थियो । बागतमी प्रदेशका लागि मध्यक्रमका ब्याटरले उत्कृष्ट प्रदर्शन गरे । पाँचौँ नम्बरका क्रिज समाल्न आएकी यशोदा बिष्टले अविजित ४७ रन बनाइन् ।
यशोदाले केवल ३९ बलको सामना गरी ६ वटा चौका पनि हिर्काइन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएकी अस्मिना कर्माचार्यले पनि टोलीका लागि ३० रनको योगदान गरिन् । कप्तानको भूमिकामा समेत रहेकी उनले ३१ बलमा तीन चौका प्रहार गरिन् ।
बागमती प्रदेशले केवल ४५ रनको कुल स्कोरमा चार विकेट गुमाएको थियो । त्यसपछि यशोदा र अस्मिनाले नै बागमतीको पाली समालेका थिए । ओपनर हेलिसा गुरुङले १२ रन बनाइन् । अर्की ओपनर कञ्चन श्रेष्ठ आठ रनमै आउट भइन् ।
अस्मिता खरेलले खातासम्म खोल्न सकिनन् भने सोनी पाख्रिन तीन रनमै पेभेलियन फर्किएकी थिइन् । बागमती प्रदेशले अतिरिक्त रुपमा पनि १७ रन पाएको थियो । मधेश प्रदेशका लागि पूजा महतोले दुई र कविता गौतमले एक विकेट लिइन् । प्रधानमन्त्री कपमा सातवटै प्रदेशको टोलीका अतिरिक्त एपीएफ क्लबको पनि सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित
-
तीन सन्तान र पति छाडेर प्रेमीसँग गएकी महिलाले भिडियोमार्फत दिइन् चेतावनी
-
प्रमुख प्रशासकीय अधिकृत छानबिन कार्य खुलाउन काठमाडौँ महानगरलाई मन्त्रालयको पत्र
-
पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ : सभापति देउवा