तस्बिरमा हेर्नुहोस् महिला राष्ट्रिय क्रिकेटको रोमाञ्च

काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट टी–२० प्रतियोगिता आजदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन आज चार खेल हुँदैछन् ।
प्रतियोगिताको उद्घाटन खेलमा बागमती प्रदेश र मधेस प्रदेश भिड्दै छन्। खेल बिहान साढे ९ बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको छ । त्यस्तै, साढे ९ बजे नै हुने दोस्रो खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश भिडिरहेका छन् । सो खेल मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ ।
आजै तेस्रो खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेश तथा चौथो खेल कर्णाली र कोशी प्रदेशबिच क्रमशः त्रिवि र मुलपानी मैदानमा हुनेछन् । प्रतियोगिता पहिलो पटक क्यानले राउन्ड रोबिन लिगको आधारमा खेलाउन लागेको हो ।
आठ टिम सहभागी प्रतियोगिताको तालिकाको शीर्ष स्थानमा रहेका दुई टोलीबिच ३१ डिसेम्बर अर्थात् पुस १६ गते क्वालिफायर १ हुनेछ भने तेस्रो र चौथोमा हुनेबिच इलिमिनेटर हुनेछ। हेर्नुहोस् बागमती प्रदेश र मधेस प्रदेशबिचको खेलका तस्बिरहरु :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको जस्तो हविगतबाट बच्न पुटिनको नभइ अमेरिकाको आप्रवासनमा ध्यान दिनुहोस् : राष्ट्रपति ट्रम्प
-
पर्सास्थित एक सरकारी विद्यालयका कयौँ विद्यार्थी अचानक भए बेहोस
-
सभामुखका सुरक्षाकर्मीको सवारी दुर्घटनामा मृत्यु
-
एकसाथ रिलिज ‘लाज शरणम्’, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’को व्यवसाय कस्तो ?
-
अरब राष्ट्रले गरे इजरायलको आलोचना
-
हिमपातले विद्यार्थी बिरामी, पठनपाठन प्रभावित