प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमलाई हराउन एपीएफले ८८ रन बनाउनुपर्ने
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता सुदूरपश्चिम प्रदेशले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई जितका लागि ८८ रनको लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा बिहीबार टस जिती पहिले ब्याटिङ गरेको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर ८७ रन बनाएको हो ।
सुदूरपश्चिम प्रदेशका लागि कविता जोशीले सर्वाधिक २२ रनको योगदान गरिन् । पाँचौँ नम्बरमा क्रिज समाल्न आएकी कविताले २७ बलमा एक छक्का र दुई चौका पनि हिर्काइन् । चौथो नम्बरकी ब्याटर सम्झना खड्काले टोलीको खातामा १२ रन थपिन् । उनले १४ बलमा एक चौका प्रहार गरिन् ।
कविता र सम्झना बाहेक अन्य ब्याटरले भने दोहोरो सङ्ख्यामा रन बनाउन सकेनन् । ओपनर अनु कडायत नौ र रुवी पोद्दार तीन रनमै पेभेलियन फर्किएका थिए । बिन्दु रावल पनि ६ रनभन्दा अगाडि बढ्न सकिनन् ।
कप्तान रितु कनौजिया सात र रेवती धामी चार रनमा आउट भए । सावित्री धामी पनि चार रनभन्दा अगाडि बढ्न सकिनन् । ईश्वरी विष्ट शून्य रनमै आउट भइन् भने लक्ष्मी साउदले अविजित ६ रन बनाइन् । मनीषा चौधरी एक रनमा अविजित रहिन् ।
सुदूरपश्चिम प्रदेशले अतिरिक्त रूपमा १३ रन पाएको थियो । एपीएफ क्लबकी बलर सोनु खड्काले दुई विकेट हात पारिन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले पनि एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिन्दुरे रोगको प्रकोप कम गर्न मंसिर २५ गतेभित्र गहुँ छर्न सुझाव
-
जोर्डनमा इजरायली दूतावास नजिक भएको गोलीबारीमा एकको मृत्यु, ३ प्रहरी घाइते
-
प्रतिनिधिसभा सचिव अधिकारीले दिए राजीनामा
-
एमालेलाई जरिवानाको पत्र बुझाउन महानगरको टोली च्यासल जाँदै
-
सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ सोमबारदेखि
-
भारतले एक दिनमै ६४ करोड मत गनेपछि एलन मस्कको यस्तो प्रतिक्रिया