शुक्रबार, ११ असोज २०८१
ताजा लोकप्रिय

पारिवारिक कथामा फिल्म बनाउँदै निखिल

बिहीबार, ०५ पुस २०८०, ११ : ३१
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । अभिनेता निखिल उप्रेतीले नयाँ फिल्म निर्माण गर्ने भएका छन् । सामाजिक पारिवारिक विषयमा उनले फिल्म निर्माण तयारी गरेका हुन् । 

छिट्टै छायाङ्कन जाने गरेर फिल्म निर्माणको तयारी गरिरहेको निखिलले बताए । ‘फिल्मका लागि तीन गीत रेकर्ड गरिसके । अन्य तयारी गरिरहेको छु’, निखिलले थपे ‘मेरो अबको फिल्ममा म बुबा र सञ्चिता आमाको भूमिकामा हुनेछिन् ।’ छोराछोरीको पनि फिल्ममा अभिनय रहने उनले सुनाए । 

‘मेरो फिल्म एउटा परिवारको कथा हो । तर नेपालमा अहिले बनेको भन्दा भिन्न छ’, निखिलले थपे ‘पुरै मनोरञ्जन दिने उद्देश्यले फिल्म बन्नेछ,’ उनले भने, ‘अहिलेको बच्चाबच्चीले गरिरहेको क्रियाकलाप सबैभन्दा ठुलो इन्सिडेन्ट, जो देशले याद गर्न सकिरहेको छैन । त्यो फिल्मले देखाउँछ ।’

फिल्म व्यावसायिक दृष्टिकोणबाटै निर्माण गर्ने सोच उनको छ । फिल्मको नाम पनि जुरिसकेको छ । तर अहिलेलाई  गोप्य राख्ने उनले बताए ।

एक समय एक्सनमा राम्रो जमेका अभिनेता निखिल पछिल्लो समय अभिनय भन्दा ‘आध्यात्मिक गुरु’ को रूपमा अगाडि देखिँदै आएका छन् । 

केही अगाडिबाट ‘समबोधी अभियान’को समेत थालनी गरेका उनले पछिल्लो समय ‘भैरव’ बनाएका थिए । भैरवपछि ‘पिँजडा ब्याक अगेन’ अभिनय गरेका उनले केही अगाडि ‘भैरव’को सिक्वेल निर्माण गर्ने बताएका थिए । अहिले भने नयाँ फिल्म गर्ने तयारी गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप