भारतको यूपी–११ ले सन्दीप लामिछाने नेतृत्वको पार्सालाई दियो ६७ रनको लक्ष्य
काठमाडौँ । नेपाल प्रो क्लब च्याम्पियनसिप टी–२० क्रिकेट प्रतियोगिता बिहीबारदेखि वीरगञ्जमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा भारत उत्तर प्रदेशको टोलीले सन्दीप लामिछाने नेतृत्वको पर्सा टोलीलाई जितका लागि ६७ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतको यूपी—११ ले १६ ओभरमै अलआउट हुनुअघि ६६ रनमात्र बनाउन सक्यो । यूपी—११ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । ओपनर शिवम शर्मा खाता खोल्नुअघि नै पेभेलियन फर्किए भने अर्का ओपनर अल्तमास आलम पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् ।
तेस्रो नम्बरका ब्याट्सम्यान तरुण कुमारले टोलीका लागि १२ रनको योगदान गरे । निखिल प्रताप भने शून्य रनमै आउट भए । विकेटकिपर ब्याट्सम्यान मन्थन प्रसाले सात रन बनाए । कप्तान साहिम हसन पनि तीन रनमै पेभेलियन फर्किए ।
तल्लोक्रमका ब्याट्सम्यान जयदेब सिंहले १२ रन जोडे । आठौँ नम्बरका ब्याट्सम्यान समिर अन्सारीले भने टोलीका लागि २४ रनको योगदान गरे । उनले २२ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काएका थिए ।
शुभम चौधरी र अमन कुमार शून्य रनमै आउट भए । पार्साका बलर सन्दीप लामिछानेले तीन विकेट लिए । उनले चार ओभरमा एक मेडन राख्दै केवल २९ रन खर्चिए । पवन सर्राफ, रुपेश सिंह र रंजित कुमारले पनि दुई–दुई विकेट हात पारे । सइफुल्लाह अन्सारीले पनि एक विकेट लिए ।
प्रतियोगितामा नेपालको तीनवटै विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबको सहभागिता रहेको छ । यसका अतिरिक्त प्रतियोगितामा भारतका दुई टोली यूपी—११ र वन्डर्स क्लबले पनि भाग लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलबारीमा कुमारी बैंकले गर्यो उद्यमी प्रशिक्षण कार्यक्रम
-
अमेरिकी, अष्ट्रेलियन, क्यानेडियन डलर र रियालको भाउ घट्यो, कसको कति ?
-
प्राधिकरणलाई अल्झाउन समितिमाथि समिति बनाउँदै सरकार
-
इटालीयन ‘सिरी-ए’मा लेस्सी जित्यो, एम्पोली र यूडिनिजको खेल बराबरी
-
न्युक्यासलको प्रदर्शनमा धक्का, वेष्टह्यामसँग नसोचेको हार
-
सुदूरपश्चिममा चुनावी सरगर्मी, ५ पदका लागि २६ उम्मेदवार चुनावी मैदानमा