बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय
समाचार

घाटा बढ्दै गएपछि चिनियाँ जहाज बेच्दै नेपाल एयरलाइन्स

बिहीबार, ०५ पुस २०८०, १० : ५९
बिहीबार, ०५ पुस २०८०

काठमाडौँ । नेपाल एयरलाइन्सले घाटामा रहेका ५ चिनियाँ जहाज बेच्न टेण्डर आह्वान गरेको छ । चीनबाट ल्याएर सञ्चालन सुरु गरेदेखि अर्बौं रुपैयाँको घाटा भएपछि बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।

एयरलाइन्सले २ वटा एमए–६० जहाज र ३ वटा वाई–१२ ई विमान बिक्रीका लागि बोलपत्र आह्वान गरेको छ । आज आह्वान गरिएको बोलपत्रमा आवेदन दिने अन्तिम मिति २०२४ को फेब्रुअरी ४ सम्म छ ।

‘इच्छुक कम्पनीहरुलाई जहाज किन्न आवश्यक डकुमेन्टसहित आवेदन खुलाएको छ,’ एयरलायन्सले भनेको छ, ‘कूल ५ जहाजको बिक्री अक्सनमार्फत हुनेछ ।’ यस्तै, आएका सम्पूर्ण आवेदनलाई स्वीकृत गर्ने वा नगर्ने भन्ने अधिकार एयरलाइन्ससँगै रहेको समेत बताइएको छ ।

चिनियाँ जहाज ल्याएपछि निगमलाई ५ जहाजले कूल १ अर्ब ९० करोडभन्दा धेरै घाटा दिइसकेको छ । सञ्चालन गर्दा आम्दानीभन्दा धेरै खर्च आउने भएपछि उडान भरिएको छैन । चिनियाँ जहाज सञ्चालन गर्दा घाटा सहनै नसक्ने भएपछि थन्क्याइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप