स्पेनिस ला लिगा : बार्सिलोना तेस्रो स्थानमा उक्लियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ । बुधवार राति भएको खेलमा बार्सिलोनाले अलमेरियालाई ३–२ गोलको कठिन अन्तरले पराजित गरेको हो ।
बार्सिलोना जितसँगै १८ खेलबाट ३८ अंक बनाउँदै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको अल्मेरिया भने पुछारमा रहेको छ । ला लिगामा जिरोना ४४ अंकका साथ शीर्ष स्थानमा रहँदा रियल मड्रिड ४२ अंकका साथ दोस्रो स्थानमा छ । शीर्ष दुवै टिमले बार्सिलोनाभन्दा १ खेल कम खेलेका छन् ।
बार्सिलोनाले घरेलु मैदानमा ३३ औं मिनेटमा अग्रता बनाएको थियो । राफिनाले गोल गर्दै अग्रता दिलाएका थिए । तर, ४१ औं मिनेटमा अल्मेरियाका लियोनार्दो कारिचोले गोल गरेपछि खेल एक एकको बराबरीमा आएको थियो । पहिलो हाफ एक एक गोलको बराबरीमा सकियो ।
६० औं मिनेटमा बार्सिलोनाका लागि सर्जि रोबर्टोले गोल गर्दै अग्रता २–१ बनाए । ७७ औं मिनेटमा अल्मेरियाका लागि एडगर गोन्जालेजले गोल गरेपछि २–२ को रोमाञ्चक बराबरीमा आयो ।
निर्धारित समय सकिन ७ मिनेट बाँकी रहेका बेला सर्जिले गोल गरेपछि बार्सिलोना ३–२ को अग्रता लिन सफल भयो । त्यसपछि थप गोल नभएपछि बार्सिलोना ३–२ को नतिजाका साथ तालिकामा स्पष्ट ३ अंक थप्न सफल भयो ।
ला लिगा अन्तर्गत नै, भिल्ला रियलले सेल्टाभिगोलाई ३–२ गोल अन्तरले पराजित गरेको छ । जितसँगै भिल्लारियल १९ अंकका साथ तालिकाको १३ औं स्थानमा रहेको छ भने पराजित भएको सेल्टाभिगो पुछारबाट तेस्रो स्थानमा रहेको छ ।
यस्तै, एथ्लेटिको बिलबाओले लस पालमसलाई १–० गोलको अन्तरले पराजित गरेको छ । उक्त गोल दोस्रो हाफको अतिरिक्त चौथो मिनेटमा आएको थियो । जितसँगै एथ्लेटिको बिलबाओ तालिकाको पाँचौं स्थानमा रहेको छ भने लस पालमस नवौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म