नेपाल सुपर लिगमा आज वीरगन्ज र काठमाडौँ भिड्दै
बिहीबार, ०५ पुस २०८०, ०६ : ३९

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको थियो । झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे ।
यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छभने हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)
-
लागुऔषध मुद्दामा गाउँपालिका अध्यक्षलाई एक वर्ष जेल र दुई लाख जरिवाना
-
फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व
-
उच्च अदालतको फैसला- अब रवि र छविको मुद्दा एकैसाथ हेरिने
-
भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना, ८ जना घाइते