बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

झापामा हात्तीको आक्रमणबाट ३ जनाको मृत्यु

बुधबार, ०४ पुस २०८०, २१ : ५५
बुधबार, ०४ पुस २०८०

झापा ।  एक महिनामा जिल्लामा जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई जना कर्मचारी रहेका छन् भने एक जना सर्वसाधारणको रहेको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।

\कार्यालयका प्रमुख मेघराज राईका अनुसार जलथल वनबाट निस्कने जङ्गली हात्तीको आक्रमणमा हल्दीबारी गाउँपालिका दुई जना र दमक नगरपालिकाका एक जनाको मृत्यु भएको हो । आज बिहान पनि वडा नं २ का कार्यालय सहयोगी स्थानीय ५८ वर्षीय पाताल राजवंशीको मृत्यु भएको छ । 

बिहान मर्निङ वाकमा हिँड्ने क्रममा सोही वडाको पारोखापीमा उहाँलाई हात्तीले कुल्चेर मारेको हो । यसैगरी, मङ्सिर १५ गते हल्दीबारी गाउँपालिका– ३ स्थित रणकाली सामुदायिक वनका चौकीदार धनबहादुर वन हात्तीको आक्रमणमा मारिएका थिए । 

त्यसअघि मङ्सिर ६ गते दमक नगरपालिका–२ स्थित बेलडाँगी शिविरका पदमलाल तामाङको पनि हात्तीको आक्रमणमा मृत्यु भएको डिभिजन वन कार्यालयका प्रमुख राईले जानकारी दिए । उनका अनुसार सो अवधिमा दुई वटा हात्ती पनि मरेका छन् । 

डेढ महिनायता झापालगायत मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीको बिगबिगी बढेको छ । भारतबाट बाहुनडाँगी नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्ती नफर्किएका कारण तीन जिल्लाको जनजीवन अस्तव्यस्त बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप