९० सेकेन्ड छिटो परीक्षा सकिएपछि विद्यार्थीले हाले सरकारविरुद्ध मुद्दा

सोल । दक्षिण कोरियामा विद्यार्थीहरुको एक समूहले त्यहाँको सरकारमाथि नै मुद्दा हालेका छन् । कलेजमा भर्ना हुने बेलामा दिनुपर्ने परीक्षा तय समयभन्दा ९० सेकेन्ड छिटो सकिएपछि मुद्दा हालिएको छ ।
विद्यार्थीहरुले परीक्षा दोहोर्याएर दिनु पर्दा लागेको खर्च बराबर २ करोड येनको क्षतिपूर्ति मागेका छन् । यो त्रुटिका कारण विद्यार्थीहरुको बाँकी परीक्षा पनि प्रभावित भएको तिनीहरुको वकिलले बताएका छन् । दक्षिण कोरियामा कलेजको भर्ना परीक्षा कुख्यात छ । सनेङ भनेर चर्चित यो परीक्षा ८ घण्टासम्म चल्छ ।
यसमा कयौँ विषयको परीक्षा एक पछि अर्को गर्दै दिइन्छ । सनेङलाई विश्वको सबैभन्दा गाह्रो परीक्षा हो । यसले विश्वविद्यालयमा भर्ना र जागिर मात्रै होइन भावी सम्बन्धहरुलाई पनि निर्धारित गर्छ । परीक्षामा विद्यार्थीहरुले ध्यान लगाउन सकुन् र उनीहरुको एकाग्रता भंग नहोस् भनेर दक्षिण कोरियाले हवाई क्षेत्र बन्द गर्ने शेयर बजार खुल्ने समयमा ढिलाई गर्ने लगायत अनेकौँ उपायहरु अपनाउने गरेको छ । यो वर्षको परीक्षाको नतिजा डिसेम्बर ८ मा सार्वजनिक गरिएको थियो ।
मंगलबार दर्ता भएको मुद्दामा कम्तीमा पनि ३९ विद्यार्थीले राजधानी सोलमा पहिलो विषयको परीक्षामा छिटो घण्टी बजेको दाबी गरेका छन् । केही विद्यार्थीहरुले तत्कालै विरोध गरेका थिए । तर सुपरीवेक्षकहरुले आफ्नो कपी खोसिहालेको उनीहको भनाई छ । शिक्षकहरुले अर्को विषयको परीक्षा सुरु हुनुअघि आफ्नो गल्ती महसुस गरेर लञ्च ब्रेकमा डेढ मिनेटको समय पनि दिएका थिए ।
यो घटनाका कारण आफूहरुले अरु विषयको परीक्षामा ध्यान लगाउन नसकेको विद्यार्थीहरुको भनाई छ । केही त परीक्षा छाडेर घर फर्किए । चाँडै घण्टी बजेको भन्दै दक्षिण कोरियामा मुद्दा परेको यो पहिलो पटक भने होइन । यसअघि सोलको एउटा अदालतले सन् २०२१ को सनेङ परीक्षामा २ मिनेट छिटो घण्टी बजेको भन्दै मुद्दा हाल्ने विद्यार्थीहरुलाई ७० लाख वन दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साइन रेसुङ्गा राष्ट्रिय टेन के रनमा सन्तोषी र मिङ्मार च्याम्पियन
-
डुबेर दुई बालकको मृत्यु
-
नेपाली राजनीतिमा देउवाको मौनता, ओलीको समृद्धि र प्रचण्डको गणित
-
पोर्चुगलमा नेपाली दूतावास स्थापना
-
विभिन्न स्थानबाट लागु औषधसहित १२ जना पक्राउ
-
मन्त्रीको विरोध गर्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको ताकेता