क्यानडामा विदेशी विद्यार्थीलाई राहत, हप्तामा २० घण्टा मात्रै काम गर्न पाउने नियम हट्यो

ओट्टावा । क्यानडामा रहेका विदेशी विद्यार्थीहरूका लागि तोकिएको काम गर्न पाउने समय सीमा हटेको छ । त्यहाँको सङ्घीय सरकारले चालु शैक्षिक सत्रको अन्त्यसम्म लागू हुनेगरी हाल प्रति हप्ता २० घण्टाभन्दा धेरै काम गर्न नपाउने नियम अस्थायी रूपमा हटाएको हो ।
सरकारले साप्ताहिक रूपमा काम गर्ने समयमा लगाएको सीमा डिसेम्बर ३१ मा सकिँदैंछ । सन् २०२२ को नोभेम्बरमा परीक्षण परियोजनाको रूपमा यो नीति लागू भएको थियो । श्रम बजारमा कर्मचारी अभाव चुलिँदै गएपछि सरकारले यस्तो कदम चालेको हो ।
क्यानडाका अध्यागमन, शरणार्थी तथा नागरिकता मन्त्री मार्क मिलरले नयाँ नीति सन् २०२४ को अप्रिल ३० सम्म लागू हुने बताएका छन् । सङ्घीय सरकारले विदेशी विद्यार्थीका लागि अन्य नीतिगत विकल्पहरू समेत हेरिरहेको बताइएको छ । यसमा क्याम्पस छुट्टी हुँदा हप्तामा ३० घण्टासम्म काम गर्न पाउनेलगायत उपायहरू छन् ।
विद्यार्थीले हप्तामा ४० घण्टा काम गर्नुलाई भने समर्थन गर्न नसकिने मन्त्री मिलरको भनाई थियो । काम गर्ने समयमा लगाएको सीमालाई अस्थायी रूपमा हटाउने निर्णयलाई स्थायी बनाउन क्यानडाको विद्यार्थी सङ्गठनहरूको गठबन्धनले सरकारसँग अनुरोध गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीलाई १ लाख डलर सहयोग गर्ने सरकारको निर्णय
-
म्यानमारका भूकम्प पीडितलाई सहयोग गर्ने सरकारको निर्णय, नेपाली सेना पनि पठाउने
-
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सागर श्रेष्ठ नियुक्त
-
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय
-
सुदूरपश्चिममा अडियो काण्ड : फरक दलका नेता मिलेर अनियमितता
-
पूर्वाञ्चल विश्वविद्यालय र प्रडु युनिभर्सिटीबिच शैक्षिक सहकार्यको समझदारीपत्रमा हस्ताक्षर