हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संसद भवन निर्माण भइरहेको छः मन्त्री गुरुङ
काठमाडौँ । शहरी विकासमन्त्री सीता गुरुङले संघीय संसदको आगामी हिउँदे अधिवेशन सञ्चालन गर्ने अठोटका साथ संघीय संसद भवनको निर्माण कार्यलाई तिब्रता दिइएको बताएकी छन् ।
बुधवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा बोल्दै उनले सिंहदरबारको पुतली बगैंचामा निर्माणाधिन संघीय संसद भवनबारे सो कुरा बताएकी हुन् । मन्त्री गुरुङले प्रतिनिधि सभा र राष्ट्रिय सभाको हल माथि राख्ने टस राख्ने काममा समय लाग्ने भएपनि त्यसलाई संसदको हिउँदे अधिवेशन सञ्चालन हुनेगरी सक्न सम्बन्धित पक्षलाई निर्देशन दिइएकोतर्फ पनि समितिको ध्यानाकर्षण गराइन् ।
उनले माघ महिना भित्र हस्तान्तरण गर्नेगरी मन्त्री क्वार्टर निर्माण काम भइरहेको समेत बताइन् । मन्त्री गुरुङले अधुरा आयोजनाहरुको कामलाई तिब्रता दिन आफूले सम्बन्धित मन्त्रालयसँगको समन्वयको कामलाई जोड दिएको पनि जानकारी दिइन् । अनुगमन गर्ने परम्परागत शैली, अन्तर मन्त्रालयबीचको समन्वयको अभाव, सार्वजनिक खरिद ऐन, स्रोतको सुनिश्चिता नहुँदा पनि निर्माणाधिन आयोजनाहरुको कामले गति लिन नसकेको मन्त्री गुरुङको भनाइ थियो ।
उनले भनिन्, ‘अधुरा आयोजनाहरुलाई छिटो गराउनु पर्छ भन्ने दृष्टिकोणका साथ लागेका छौं । अव प्रतिनिधि सभाको चाहीँ हामीले हिउँदे अधिवेशन त्यहीबाट सञ्चालन गर्नेगरी भनेर त्यो अठोटका साथ काम गरिरहेका छौं । तर प्राविधिक कुराहरु चाहीँ कस्तो हुँदो रहेछ भने जुन प्रतिनिधि सभा र राष्ट्रिय सभाको हल छ । त्यसको माथिको टस राख्ने कुरा चाँही धेरै ठूलो दुरीको हुने र हामीले हतार गरेर राख्न लगायौ भने पछि त्यहाँबाट आउने त्रुटीहरुलाई सच्याउन झन धेरै गाह्रो हुने भएको कारणले हामीले त्यो विषयलाई अलिकति महत्वमा राखेर काम गरिएको छ । तर पनि हामी हिउँदे अधिवेशनसम्म यो वर्ष चाँही हामी प्रतिनिधि सभाको र राष्ट्रिय सभाको अधिवेशन चाहीँ त्यतै सार्ने भनेर काम गरिरहेको कुरा चाँही यहाँहरुको बीचमा राख्न चाहन्छु । अव बाँकि त सबै ठाउँको आयोजनाहरु निर्माणाधिन छन् । हाम्रो अनुगमनको हिजाको परम्परागत शैली, त्यस पछाडि निर्णय प्रक्रियामा हुने ढिलाई, एकले अर्कोसँगको समन्वयको अभाव र अन्तर मन्त्रालयसँगको समन्वयको अभाव । यी यस्ता थुप्रै समस्याहरुमा सुधार सबै मन्त्रालय र निकायहरुले गर्नुपर्ने मैले देखेको छु । त्यसको लागि विकास निर्माणको कामसँग सम्बन्धित मन्त्रालयहरुसँगको समन्वयका लागि छलफलहरु गरिराखेको छु ।’
मन्त्री गुरुङले पर्याप्त बजेटको व्यवस्था गर्न सकिने अवस्था नभएकाले पनि विकास, निर्माणको कामले गति लिन नसकेको यथार्थलाई मनन गरिदिन सांसदहरुलाई आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस
-
गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम
-
गौरीटार रङ्गशालाको काम समयमै सक्न मन्त्री महर्जनको निर्देशन