भारतका शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिए पाकिस्तानका बाबर आजम
काठमाडौँ । आईसीसीको पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा पाकिस्तानका बाबर आजम पहिलो स्थानमा उक्लिएका छन् । उनी भारतका युवा ब्याट्सम्यान शुभमन गिललाई पछि पार्दै पहिलो स्थानमा उक्लिएका हुन् ।
गत महिना बाबर आजमलाई नै पछि पार्दै गिल एकदिवसीय ब्याट्सम्यान वरीयताको पहिलो स्थानमा उक्लिएका थिए । पछिल्लो एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहली तेस्रो र रोहित शर्मा चौथो स्थानमा आसिन छन् ।
यसैगरी अस्ट्रेलियाका डेभिड वार्नर पाँचौँ, न्युजिल्यान्डका ड्यारल मिचेल छैटौँ, आयरल्यान्डका ह्यारी टेक्टर सातौँ, दक्षिण अफ्रिकाका रासी भान डर डुसान आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका हेनरिच क्लासन दशौँ स्थानमा छन् ।
यसैगरी इङ्ल्यान्डका लेग–स्पिनर अदिल रसिद पछिल्लो आईसीसी टी–२० बलिङ वरीयताको पहिलो स्थानमा छन् । टी–२० बलिङ वरीयतामा अफगानिस्तानका रासिद खान दोस्रो, भारतका रवी बिसनोइ तेस्रो, श्रीलंकाका वानिन्दु हसारंगा चौथो, श्रीलंकाकै महिस थिकसाना पाँचौँ, वेस्ट इन्डिजका अकेल होसैन छैटौँ, अफगानिस्तानका फजालहक फारुकी सातौँ, अफगानिस्तानका मजिब उर रहमान आठौँ, दक्षिण अफ्रिकाका ताबराजी सामसी नवौँ र अस्ट्रेलियाका जोस हेजलउड दशौँ स्थानमा छन् ।
यसैगरी एकदिवसीय बलिङ वरीयतामा दक्षिण अफ्रिकाका केशव महाराज पहिलो, अस्ट्रेलियाका जोस हेजलउड दोस्रो, भारतका मोहम्मद सिराज तेस्रो, अस्ट्रेलियाका एडम जाम्पा चौथो, भारतका जसप्रित बुमराह पाँचौँ, अफगानिस्तानका रासिद खान छैटौँ, न्युजिल्यान्डका ट्रेन्ट बोल्ट सातौँ, भारतका कुलदीप यादब आठौँ, पाकिस्तानका साहिन शाह अफरिदी नवौँ र अफगानिस्तानका मोहम्मद नाबी दशौँ स्थानमा आसिन छन् ।
यसैगरी टी–२० ब्याटिङ वरीयतामा भारतका सूर्यकुमार यादब पहिलो, पाकिस्तानका मोहम्मद रिजवान दोस्रो, दक्षिण अफ्रिकाका आइडेन मारक्रम तेस्रो, पाकिस्तानका बाबर आजम चौथो, दक्षिण अफ्रिकाका रिली रोसु पाँचौँ, वेस्ट इन्डिजका ब्रान्डन किङ छैटौँ, भारतका रुतुराज गायकवाड सातौँ, इङ्ल्यान्डका जोस बट्लर आठौँ, इङ्ल्यान्डका डेविड मलान नवौँ र दक्षिण अफ्रिकाका रिजा हेनड्रिक्स दशौँ स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक
-
परराष्ट्रमन्त्री डा.राणा चीनको छन्दुमा
-
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाका लागि आवेदन आह्वान
-
शिक्षक–कर्मचारी र नेपाल खुला विश्वविद्यालयबिच ४ बुँदे सहमति, तालाबन्दी खुल्यो
-
कोशी प्रदेशका राज्यमन्त्री राईको सवारी दुर्घटना
-
पोखराका मेयरले बोलाए विशेष नगरसभा, अदालतमा भएको मुद्दा नगरसभाले खारेज गर्दै