कांग्रेस मधेस प्रदेश सम्मेलन : शेखरलाई विशिष्ट अतिथि नबनाउने भएपछि ८ नेताको नोट अफ डिसेन्ट

जनकपुर । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई विशिष्ट अतिथि बनाउने विषयमा कुरा नमिल्दा नेपाली कांग्रेस मधेस प्रदेश कार्यसमितिमा विवाद भएको छ। नेता कोइराला पक्षका ८ जना नेताहरूले बुधवार बसेको प्रदेश कार्यसमिति बैठकमा फरक मत नोट अफ डिसेन्ट राखेका हुन् ।
यही पुस ५ र ६ गते कांग्रेस मधेस प्रदेशले पहिलो सम्मेलन गर्दैछ। जनकपुरमा हुने सम्मेलनका लागि केन्द्रीय सभापति र पदाधिकारीहरूसहित नेता कोइरालालाई पनि बोलाइएको छ।
कोइरालालाई बेवास्ता गर्दै सम्मेलनमा अतिथिहरूलाई आसन ग्रहण गराउन खोजिएको भन्दै कोइराला पक्षका आठ जना नेताहरूले फरक मत राखेका हुन् । यसअघि लुम्बिनी र गण्डकी प्रदेश सम्मेलनमा कोइरालालाई विशिष्ट अतिथिको आसन दिइएको थियो ।
पार्टीको २५ औँ वरियतामा रहेका कोइरालालाई इतर पक्षका प्रदेश सभापति रहेका लुम्बिनी र गण्डकीमा दोस्रो वरियतासहित विशिष्ट अतिथि बनाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनको तयारी पूरा, 'प्रधानमन्त्रीसँग युवाहरू–प्रत्यक्ष संवाद' हुने
-
आरआरको स्ववियु सभापतिका उम्मेदवार समिर शाहीले उम्मेदवारी फिर्ता लिए, क्रान्तिकारीलाई राहत
-
निर्यातको सीमा संशोधनपछि सेजमा झुम्मिए उद्योगी
-
अवतरण गर्नै लाग्दा एयर अरेबियाको जहाज ‘मिस एप्रोच ओभरसुट’
-
वसन्तपुरमा होलीको रौनक, २८ तस्बिरमा हेर्नुहोस्
-
बर्दियामा स्थानीयले अवरुद्ध गरेको राजमार्ग ३ घण्टापछि सञ्चालनमा