चालु आर्थिक वर्षमा १ खर्ब ३१ अर्ब ऋण थपियो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानमा ९१ अर्ब रुपैयाँ खर्च गरेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको रिपोर्ट अनुसार सरकारले मंसिर मसान्तसम्म आन्तरिक तथा बाह्य गरी कूल ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ साँवा र ब्याज भुक्तान गरेको हो ।
आन्तरिकतर्फ कूल ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तान गरेकोमा ऋणको सावाँतर्फ ४२ अर्ब ८४ करोड १६ लाख रुपैयाँ भुक्तान गरिएको र बाँकी ब्याजमा २७ अर्ब ७२ करोड २३ लाख रुपैयाँ भुक्तान गरिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
यसैगरी, बाह्य ऋणतर्फ समीक्षा अवधिमा कूल २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ भुक्तान गरिएकोमा सावाँतर्फ १६ अर्ब ५३ करोड १६ लाख रुपैयाँ घटाइएको र ब्याज ४ अर्ब ६६ करोड ६८ लाख रुपैयाँ भुक्तान गरिएको कार्यालयले जनाएको छ ।
२३ खर्ब ७१ अर्ब भुक्तान बाँकी
प्राप्त रिपोर्ट अनुसार मंसिर मसान्तसम्ममा भुक्तान गर्न बाँकी सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ कायम भएको छ । जसमध्ये आन्तरिकतर्फ ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको छ भने बाह्यतर्फ ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ भुक्तान बाँकी रहेको छ ।
आन्तरिक र बाह्य ऋणको अनुपात ५०.५० : ४९.५० प्रतिशत रहेको छ । यसको मतलब मुलुकको सार्वजनिक ऋणको स्थिति आन्तरिक र बाह्य करिब बराबर (५०/५०) रहेको छ ।
चालु आर्थिक वर्षमा कति बढ्यो ऋण ?
आर्थिक वर्ष सुरु भए लगत्तै आन्तरिक ऋणमा केन्द्रित भएको सरकारले पाँच महिनामा आन्तरिक र बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये अधिकतम ८४.७९ प्रतिशत अर्थात् १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको छ । बाँकी १९ अर्ब ९७ करोड २ लाख रुपैयाँ बाह्य ऋण उठाएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । योसहित मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको आकार २३ अर्ब ७१ अर्ब २५ करोड रुपैयाँ पुगेको हो ।
तथापि, वैदेशिक ऋणतर्फ चालु आर्थिक वर्षको विनिमय दरको प्रभावलाई गणना नगरिएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म सार्वजनिक ऋण कूल २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ रहेको थियो ।
चालु आर्थिक वर्षको मंसिर मसान्तसम्मको सार्वजनिक ऋणको स्थिति (अंक करोडमा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बार निर्वाचनको मतगणना दिउँसो १२ बजेपछि
-
माओवादीद्वारा ८ बुँदे सर्कुलर, नेताहरूलाई जिम्मेवारीदेखि विद्यार्थी नेताको एक तह बढुवा स्थगितसम्म
-
रविको मुद्दा : उच्च अदालतको आदेशको पत्र जिल्ला अदालत पुग्यो
-
गाजामा इजरायली आक्रमणको विरोधमा मोरक्कोको राजधानीमा विरोध प्रदर्शन
-
अमेरिकी भन्सार नीतिले विश्वव्यापी व्यापारमा बाधा पुर्याउँछः तान्जानियाली विश्लेषक
-
सङ्घको लक्ष्य १६ लाख, कोशी प्रदेशकै १० लाख !