अहिले सेनाको कुरा काट्न आवश्यक छैन : हृदयराम थानी

काठमाडौँ । सांसद हृदयराम थानीले गौरवमय इतिहास बोकेको सेनाको कुरा काट्न आवश्यक नभएको बताएका हुन् । बुधवार राज्यव्यवस्था समितिको बैठकमा बोल्दै सांसद थानीले सो कुरा बताएका हुन् ।
उनले फास्ट ट्र्याक निर्माणका क्रममा सरकारले नै सेनालाई विवादमा तानेको बताए । उनले भने, ‘वन,जग्गाको समस्या समाधान गरेर मात्र सेनालाई फास्ट ट्र्याक दिनुपर्थ्यो। यसमा सेनालाई सरकारले नै विवादमा पार्यो । ढाल बनाएर विवादमा पार्यो। सरकारले सेनालाई ठेकदार बनायो।’
सरकारले सेनालाई काम गर्ने जिम्मेवारी दिएपछि सेनाले नाइँ भन्न नसकेर फास्ट ट्र्याकमा हात हालेको समेत उनले बताए । सांसद थानीले भने, ‘सानातिना कुरा कोट्याउनु नहुने तर काम हेर्दा कोट्याउनु पर्ने देखियो। अब सरकारले सेनालाई दिने निर्णय गर्यो। सेनाले नाइँ भन्न सकेन लिइहाल्यो। यतिका वर्षमा सेनाले ७२ किमी सडक बनाउन सकेन, यो कुरा बाहिर जाँदा राम्रो सन्देश गएन।’
उनले अहिले सेनाभित्र प्रमाणपत्रको कुरा चलिरहेको बताउँदै यस्ता बहसले सेनालाई कमजोर बनाउन नहुने बताए । थानीले भने– ‘अहिले प्रमाणपत्रको कुरा आएको छ । त्यो बेला म सम्झना गर्छु, सेनालाई कमजोर बनाउन हुँदैन भनेर गिरिजाप्रसाद कोइरालाले भन्नुभएको थियो। अहिले म पनि भन्छु। सेनालाई बलियो बनाऊँ कमजोर नबनाऊँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, को कहाँ ?
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री