जबसम्म फाष्टट्रयाक पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्य पुष्टि हुँदैन : सर्वेन्द्रनाथ शुक्ला
बुधबार, ०४ पुस २०८०, १४ : ५५

काठमाडौँ । सांसद सर्वेन्द्रनाथ शुक्लाले जबसम्म फाष्ट ट्र्याक पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्य पुष्टि नहुने बताएका छन् । उनले फास्ट ट्र्याकले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने बताए ।
बुधवार राज्य व्यवस्था समिति बैठकमा बोल्दै उनले भने, ‘फास्ट ट्र्याकले अर्थतन्त्रमा ठुलो टेवा पुग्ने देखिन्छ। जबसम्म यो बाटो पूरा हुँदैन तबसम्म निजगढ विमानस्थलको औचित्यपूर्ण हुँदैन। प्रारम्भिक बिन्दु खोकना अत्यन्त जटिल छ। जटिलता फुकाउने प्रयास के भयो त ? समस्या समाधान सेनाको हातमा मात्रै छैन।’
उनले आज उठेको प्रश्नको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्ने समेत बताए । ‘आज उठेको प्रश्नको जवाफ राजनीतिक नेतृत्वले दिनुपर्छ तर मन्त्री हुनुहुन्न।’ उनले यो विषयमा नेपाल सरकारभित्रै समन्वय भएको नदेखिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इसेवाबाट 'होली केयर' सार्वजनिक
-
नयाँ बस्ती युथ क्लब र ब्वाइज युनियनको बराबरी
-
आठौँ दिनमा बढ्यो नेप्से, सवा ८ अर्बको कारोबार
-
प्रचण्डद्वारा रुपन्देहीको जमुहानी पोखरा ताल पार्कको शिलान्यास
-
उपाध्यक्ष साहले बुझाए स्पष्टीकरण, आरोप प्रमाणित गर्न सिके राउतलाई चुनौती
-
‘लोकतान्त्रिक गणतन्त्रको विकल्प जनगणतन्त्र हो, राजतन्त्र होइन’