रश्मिका मन्दनाको डिपफेक भिडियो प्रकरणमा ४ जनासँग सोधपुछ

नयाँ दिल्ली । भारतीय अभिनेत्री रश्मिका मन्दनाको नक्कली भिडियो मामिलामा दिल्ली प्रहरीले ४ जनासँग सोधपुछ गरेको छ । केही समय अघि अभिनेत्रीको डिफफेक भिडियो इन्टरनेटमा भाइरल भएको थियो । यस मामिलामा दिल्ली प्रहरीले कारवाही अगाडि बढाएको छ । यस क्रममा ४ जना संदिग्धसँग सोधपुछ गरिएको छ । यीमध्ये ३ जनाको जानकारी फेसबुकको मातृ कम्पनी मेटासँग लिइएको बताइएको छ ।
जानकारीका अनुसार डिपफेक भिडियो भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेर अपलोड गरिएको थियो । यस मामिलामा दिल्ली प्रहरीले लगातार छानबिन गरिरहेको छ । मुख्य षड्यन्त्रकारीको खोजी भइरहेको छ । सोधपुछ गरिएका चारै जना भिडियो क्रियटर नभएर अपलोड गर्ने व्यक्ति भएको बताइएको छ । प्रहरीले मुख्य षडयन्त्रकारीको खोजी गरिरहेको छ ।
तीन जनाको पत्ता मेटाले दिएको डिटेलका आधारमा लगाइएको थियो । एक जनाको पहिचान चाँहि लेटरल लिंकको आधारमा खुलेको बताइएको छ । आरोपीहरुले आफ्नो खाताबाट डिटेल हटाइदिएकोले छानबिनमा केही समय अवरोध आएको थियो । यही वर्ष नोभेम्बरमा रश्मिकाको एउटा मफ्र्ड भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । भिडियो क्लिपमा रश्मिका जस्तै देखिने एक युवति लिफ्टभित्र गइरहेको देखाइएको थियो ।
तर भिडियोलाई नियालेर हेर्दा नै यो डिपफेक हो भन्ने थाहा हुन्थ्यो । माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोष्टमा अमिताभ बच्चनले यस घटनामा कारवाहीको माग गरेपछि सबैको ध्यान यस मामिलामा गएको थियो । पछि नानी, विजय देवरकोन्डा, नागा चैतन्य र मृणाल ठाकुर जस्ता चर्चित हस्तीहरुले पनि भाइरल भिडियोप्रति चिन्ता व्यक्त गरेका थिए । रश्मिका पछि काजल, कट्रिना कैफ र आलिया भट्टको समेत डिपफेक भिडियो र तस्वीर भाइरल बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले पठाए मन्त्रालयलाई जवाफी पत्र, प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने अडान
-
रास्वपा सांसद खनालको प्रश्न : सरकार जीबी राईलाई खोज्दै छ कि छैन ?
-
कुलमानका विषयमा ऊर्जामन्त्रीले सदनमा झुट बोले : लिङ्देन
-
अब राजतन्त्र ब्युँतने सपना नदेखे हुन्छः प्रधानमन्त्री
-
‘पैसा डबल’ गरिदिने भन्दै ठगी गर्नेलाई कारबाहीको माग गर्दै न्यायालय अगाडि प्रदर्शन
-
राष्ट्रिय सभाबाट अध्यादेशहरू धमाधम स्वीकृत