आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला

बुधबार, ०४ पुस २०८०, १२ : ४९
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन् ।  सप्तरी, रुपनी गाउँपालिका–४ छप्की बस्ने ५० वर्षीय जगरनाथी साह आफ्नै खेतमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । आइतबारदेखि घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । 

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित आफ्नै माइती घर बस्ने ३६ वर्षीय पवित्रा तामाङ सोही ठाउँस्थित आफ्नै बर्खे गोठभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । गत मंसिर २० गते घरबाट हिँडी बेपत्ता भएकी उनको पत्करले छोपिएको अवस्थामा शव फेला परेको हो ।

त्यसैगरी कैलालीको घोडाघोडी नगरपालिका–१ लोरपुरस्थित शिव शक्ति सामुदायिक वनमा सोही नगरपालिका–१ लक्ष्मीपुर बस्ने ७३ वर्षीय गंगाधर गौतम मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

गोरखा, गोरखा नगरपालिका–३ रोजिटार बस्ने ५७ वर्षीय तिल कुमारी ईस्माली मगर आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । 

यता उदयपुर, कटारी नगरपालिका–१० बरडाँडा बस्ने ४१ वर्षीय कमल कार्की सोही ठाउँस्थित छिमेकीको घरमा सुतेकोमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । 

बाँके, नेपालगंज उपमहानगरपालिका–९ बाँके गाउँ घर भएका ५१ वर्षीय अशोक कुमार कुहार सोही उपमहानगरपालिका–१३ स्थित साथीको कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप