लाभांश नदिने बैंकको सूचीमा थपियो हिमालयन बैंक
बुधबार, ०४ पुस २०८०, १० : ५९
काठमाडौँ । हिमालयन बैंक लिमिटेड आफ्ना लगानीकर्तालाई लाभांश वितरण नगर्ने बैंकहरुको सूचीमा थपिएको छ । कम्पनीको ४४६ औं सञ्चालक समितिको बैठकले लगानीकर्तालाई लाभांस वितरण नगर्ने प्रस्ताव गरेसँगै यो सूचीमा हिमालयन पनि थपिएको हो ।
आज बिहान साढे ९ बजे बसेको बैंकको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको जनाइएको छ । सोही बमोजिम नेपाल राष्ट्र बैंक समक्ष आफ्नो वित्तीय विवरण स्वीकृतिका लागि पठाउने निर्णय समेत बैंकले गरेको छ ।
हिमालयन बैंकले चालू आर्थिक वर्षको बजेटले गरेको व्यवस्था बमोजिम ठूला करदाताको कार्यालयमा दाखिला गरेको थियो । बैंकले कार्यालयमा ३० करोड ८९ लाखभन्दा धेरै कर बुझाएको थियो । यस्तै, साबिकको सिभिल बैंककातर्फबाट समेत १ करोड ९१ लाख रुपैयाँ बुझाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाठेघरको क्यान्सर पीडित आमाको उपचारका लागि सहयोगको याचना गर्दै अनिता
-
जीवी राईलाई पक्राउ गर्न मलेसियाको गृहमन्त्रीसँग कुरा गरेको थिएँ : रवि लामिछाने
-
फिलिपिन्सको राजधानीमा भीषण आगलागी, दुई हजार परिवार घरबारविहीन
-
आत्मानन्द गोल्डकप : सिरिजङ्घाको विजयी सुरुवात
-
‘नेपाली साहित्यमा महिलाको भाषा आउनुपर्छ’
-
सोमबार प्रधानमन्त्रीले चीन भ्रमणका विषयमा छलफल गर्ने