काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सौन्दर्यीकरणका लागि विभिन्न स्थानमा बत्ती जडान गरेको छ । सडक छेउमा रहेका पोलहरूमा लहरे बत्ती जडान गरेर रातीको समयमा बाल्दा सडक नै उज्यालो एवं सुन्दर देखिने गरेका छन् ।
माइतीघरदेखि आलोकनगरसम्मको सडक खण्ड रातको समयमा धपक्क बलेको देखिन्छ भने न्युरोड, चाबहिल, हाँडी गाउँ, दरबारमार्ग लगायतका क्षेत्रमा पनि यी बत्ती राखिएपछि सुन्दरता बढेको छ ।
अन्य सडकमा पनि बत्ती जडान गर्ने तयारी भइरहेको महानगरले जनाएको छ ।
प्रतिक्रिया