शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सुपर लिगमा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा

बुधबार, ०४ पुस २०८०, ०६ : ४०
बुधबार, ०४ पुस २०८०

काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज झापा एफसी र धनगढीबिच प्रतिस्पर्धा हुने भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने खेल साँझ पाँ बजेबाट सुरु हुनेछ । 

यसअघि हिजो भएको खेलमा स्पोर्टिङ इलामले ललितपुर सिटी एफसीलाई पराजित गरेको थियो । इलामले ललिपुरलाई १–० ले गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । प्रतियोगितामा ललितपुरको  पहिलो हार हो । यस हारसँगै सात खेल खेलेको ललितपुर १० अङ्कसहित तेस्रो स्थानमा छ ।  जितसँगै इलाम आठ खेलबाट ८ अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । 

 हिजो नै भएको अर्को खेलमा विजयी भएको पोखरा थन्डर्स शीर्ष स्थानमा उक्लिएको छ । बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले हराउँदै पोखराले प्लेअफमा स्थान सुरक्षित गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप