कानमा इयरफोन लगाएर लोक सेवाको परीक्षा दिनेलाई २ वर्षका लागि प्रतिबन्ध

काठमाडौँ । लोक सेवा आयोगले परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जना परीक्षार्थीलाई कारबाही गरेको छ । आयोगले विभिन्न पदका लागि लिएको लिखित परीक्षामा अमर्यादित क्रियाकलाप गरेको भन्दै तीन जनाको परीक्षा रद्द गरेको हो ।
परीक्षा रद्द गर्दै आगामी २ वर्षसम्मका लागि आयोगले लिने कुनै पनि परीक्षा दिन नपाउने सम्मको कारबाही गरेको छ । काठमाडौँमा लिइएको अमिनको परीक्षामा दाहिने कानमा इयरफोन लगाई मोबाइलबाट सम्पर्क गरी उत्तर लेखेको भन्दै रुकुम पश्चिमका दीपक नेपालीलाई कारबाही गरेको छ । उनलाई आयोगले लिने कुनै पनि परीक्षामा २ वर्षसम्म उम्मेदवार हुन नपाउने गरी रोक लगाएको हो ।
त्यस्तै जलेश्वरबाट खरिदार पदका उम्मेदवार विनोद बाबु शर्माको समेत परीक्षा रद्ध गरेको छ । उनले उत्तर पुस्तिकामा सहयोगी लेखक र उम्मेदवार दुवैले उत्तर लेखेको भन्दै आयोगले परीक्षा रद्द गरेको हो ।
त्यस्तै महेन्द्रनगरबाट दिवाकर सापकोटालाई सहायक केन्द्राध्यक्ष र निरीक्षकले खाली पाना कलमले काट्नु भनेकोमा उत्तर पुस्तिकाको खाली पाना च्यातेको भन्दै परीक्षा रद्द गरेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनले देशलाई पछाडि धकेल्छ : अध्यक्ष बिजुक्छे
-
१० बजे १० समाचार : शिक्षक आन्दोलनबारे सर्वोच्चलाई सरकारको जवाफ, पोखरा विमानस्थलसम्बन्धी प्रतिवेदन हस्तान्तरण
-
पाथीभरा केबलकारद्वारा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान
-
वैशाख १९ गते सङ्घीय संसद्का दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने
-
बुधबारसम्म शिक्षकहरुका माग सम्बोधन हुन्छन् : सञ्चारमन्त्री
-
भारतीय पूर्वराजदूतहरूसँगको भेटघाटमा बाबुराम भट्टराईले के भने ?