नाडाको भावी अध्यक्षमा करण चौधरी, गोल्छालाई अर्कोपटक सहयोग गर्ने सहमति
![नाडाको भावी अध्यक्षमा करण चौधरी, गोल्छालाई अर्कोपटक सहयोग गर्ने सहमति](https://npcdn.ratopati.com/media/news/arun-chy_YJee42mEIu.jpg)
काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालीको भावी अध्यक्ष व्यवसायी करण चौधरी बन्ने भएका छन् । प्रतिस्पर्धी आकाश गोल्छा र प्रकाश कपुरीले आफ्नो अडानबाट पछि हट्दै अन्ततः चौधरीलाई समर्थन गर्ने निर्णय गरेसँगै उनी सर्वसम्मत हुने भएका हुन् ।
लामो प्रयासपछि मंगलबार साझ बसेको पूर्व अध्यक्षहरु समेत बैठकले सहमति गराउन सफल भएको नाडाका अध्यक्ष डा।ध्रुव थापाले रातोपाटीलाई जानकारी दिए । अर्को पटक अध्यक्षमा व्यवसायी आकाश गोल्छालाई सहयोग गर्नेगरी सहमति जुटेको समेत थापाले बताए ।
यसैगरी अध्यक्षका अर्का आकांक्षी प्रकाश कपुरीलाई समेत कार्यसमितिमा नै समेट्नेगरी सहमति जुटेको उनको भनाइ छ । नाडाको अन्य पदाधिकारीमा भने सहमति जुटेको छैन।
यसअघि चौधरी अध्यक्ष ध्रुव थापासँग पराजित भएका थिए । नाडाको ४७ औँ वार्षिक साधारण सभासहितको अधिवेशन पुस २० र २१ गतेलाई तोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल क्रान्तिकारीद्वारा माइतीघर मण्डलमा दीप प्रज्वलन, तस्बिरहरू
-
पोखराका १९ कर्मचारीको स्थायी नियुक्ति सदर
-
माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाको अध्यक्षमा टिका
-
शरतसिंह भण्डारीको मन्त्री पद धरापमा !
-
नयाँ शक्तिको निर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण
-
ठमेलमा प्रहरीलाई कुट्ने अनेरास्ववियुका नेता कमल जोशी पक्राउ