ललितपुर सिटीको अपराजित यात्रा रोकियो
![ललितपुर सिटीको अपराजित यात्रा रोकियो](https://rpcdn.ratopati.com/media/albums/nsl1_UdB4Fgvymo.jpg)
काठमाडौँ । ललितपुर सिटी एफसीको अपराजित यात्रामा पूर्णविराम लगाउँदै स्पोर्टिङ इलाम एफसी डी मेचीले नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणको यात्रा टुङ्ग्याएको छ ।
स्पोर्टिङ इलामले मंगलवार दशरथ रंगशालामा आफ्नो अन्तिम तथा आठौँ खेलमा ललितपुर सिटी एफसीमाथि १–० को जित निकाल्दै यस सिजनको यात्रा टुङ्ग्याएको हो । यससँगै ललितपुर आफ्नो अपराजित यात्रा सातौँ खेलमा पूर्णविराम लगाउन बाध्य भयो । यो हारपछि ललितपुरको प्लेअफ यात्राका लागि अन्तिम खेलमा जित या अन्य टोलीको नतिजा पनि भर पर्नुपर्नेछ । ललितपुरको सात खेलबाट १० अंकका साथ तेस्रो स्थानमा छ । अब ललितपुरले अन्तिम खेलमा काठमाडौँ रेजर्ससँग खेल्नेछ । प्लेअफमा स्थान बनाउन ललितपुरले त्यो खेल जित्नैपर्नेछ ।
बराबरी या हारको नतिजाले भने ललितपुरले प्लेअफमा स्थान बनाउन अन्य टोलीका नतिजा पर्खनु पर्नेछ । यता, यसै सिजनबाट एनएसएलमा डेब्यु गरेको स्पोर्टिङ इलाम आठ खेलबाट आठ अंकसहित पाँचौं स्थानमा उक्लिएर यो संस्करणको अन्त्य ग¥यो । इलामको सुखद अन्त्य गर्न गराउन फोडे क्यामराले गोल गरे । त्यसअघि खेलको २१ औँ मिनेटमा नवीन लामाले बक्स बाहिरबाट गरेको प्रहार बार नजिकैबाट बाहिरिँदा इलामले अग्रता लिने अवसर गुमायो । दुई मिनेटपछि ललितपुरका दिनेश हेन्जनको सट उत्कृष्ट बचाउ गर्दै गोलकिपर विकेश कुथूले इलामलाई जोगाए ।
इमो इजिकेलको पासलाई दिनेशले बक्सभित्रबाट पोस्टको दिशा दिने प्रयास सफल भएन । ३५औँ मिनेटमा ललितपुरका कप्तान अनन्त तामाङको सट उत्कृष्ट बचाउ गर्दै विकेशले इलामको संकट टारे । ४२ औँ मिनेटमा क्यामराको फ्रिकिक ललितपुरका गोलकिपर जेफ्रीले बचाए । त्यससँगै पहिलो गोलरहित बराबरीमा टुङ्गियो । ललितपुरका लागि ५६ औँ मिनेटमा इजिकेलको सटलाई विकेशले बचाए । तीन मिनेटपछि क्यामराको गोलमार्फत इलामले अग्रता लियो । ललितपुरका डिफेण्डर ओमोलाजा नुरेन करिमबाट खोसेको बललाई उनले एकल प्रयासमा गोलकिपर जेफ्रीलाई बिट गर्दै जाली चुमाए ।
त्यससँगै पछि परेको ललितपुरले एकपछि अर्को आक्रमण बुन्यो । दिनेशको ७४औँ मिनेटमा क्रस बललाई इजिकेलको हेडर विकेशले सहजै नियन्त्रणमा लिए । ८०औँ मिनेटमा क्यामराले गोल गर्न चुक्दा इलामले अग्रता दोब्बर बनाउन सकेन । उनले विकेशको लामो दूरीको क्रसलाई नियन्त्रणमा लिँदै बल अगाडि बढाए पनि गोलकिपर जेफ्रीलाई बिट गर्न सकेनन् । ललितपुरका सनिष श्रेष्ठ ८२औँ मिनेटमा गोल गर्न चुके । सेसेहाङ आङदेम्बेको कर्नरमा विकेशले बल फुत्काए पनि सनिसको सट अकासियो ।
ललितपुरले ९०औँ मिनेटमा सनिषको क्रसमा पापा इबु केबेको हेडर विकेशले सफल हुन दिएनन् । त्यसपछि बाँकी समय प्रयास भएपनि इलामले ललितपुरको अपराजित यात्रामा पूर्णविराम लगायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता