प्रचण्ड सरकारको एक वर्ष सफल, अबको वर्ष क्रमभंगकोः भट्ट
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य खगराज भट्टले आफ्नो पार्टीले नेतृत्व गरेको सरकारको एक वर्ष सफल भएको बताएका छन् । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममा बोल्दै भट्टले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार पछिल्ला सरकारभन्दा सुशासन र भ्रष्टाचारमा सफल भएको दाबी गरे ।
“नेपाल श्रीलंकाको बाटोतिर भन्ने हल्लाबिच हाम्रो पार्टीको नेतृत्वमा सरकार बनेको थियो । राजनीतिक र कूटनीतिक सन्तुलन मिलाएर सुशासन र भ्रष्टाचार अभियान सञ्चालन गरेर सरकारले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ” भट्टले भने । आर्थिक सूचकहरू सुधारतिर अगाडि बढेको भन्दै उनले निराशाबाट आशाका किरण देखा परेको बताए ।
सरकार दीर्घकालीन आर्थिक समृद्धिको लागि अगाडि बढेको बताउँदै भट्टले भने, “सरकार सामाजिक न्यायका हिसाबले पनि सफल भएको छ । निरंकुशकालिन मिटरब्याजीबाट नागरिक मुक्त भएका छन्, अर्ब पीडितले फिर्ता पाएका छन् । सरकारले विगतको तुलनाभन्दा महँगी नियन्त्रणमा गर्न पनि सरकारले पहल लिएको छ । विगतदेखि रोकिएको उखु किसानको बाँकी भुक्तानी भएको छ ।”
सरकारले इजरायल हमासको आक्रमणमा परी ज्यान गुमाउनेको शव स्वदेश ल्याउनेदेखि बेपत्ता विपिन जोशीको रिहाइको लागि प्रधानमन्त्रीकै तहबाट पहल भइरहेको बताए ।
त्यसैगरी सरकारले भूकम्प पीडितको उद्धार, राहत र पुनर्निर्माणमा समयमै पहल लिएर जनतालाई सरकार भएको अनुभूत गराएको दाबी गरे । अब नयाँ वर्षमा नयाँ गतिका साथ अघि बढ्ने बताए । सरकारको अर्को वर्ष विकास र समृद्धको लागि क्रमभङ्गको वर्ष हुने समेत दाबी गरे ।
पार्टीका सुदूरपश्चिम प्रदेशका प्रदेशसभा दलका नेता समेत रहेका भट्टले पार्टीको जारी अभियान अन्तिम चरणमा पुगेको बताए । उनले यसको समीक्षा गर्न बाँकी रहे पनि अभियानले पार्टी, कार्यकर्ता र जनतालाई जोडेको दाबी गरे ।
सञ्चारकर्मीको प्रश्नको जवाफमा नेता भट्टले एनसेल प्रकणको गहिराइसम्म पुगेर छानबिन गर्न सरकार समिति गठन गरिसकेको बताउँदै त्यसमा दोषी उम्किन नपाउने समेत बताए ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खुर्कोटबाट प्रहरीको घेरा तोडेर भागेका नाइजेरियन नागरिक पक्राउ
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम