आईपीएल अक्सन : राजस्थानले सात करोड ४० लाखमा किन्यो पावेललाई

काठमाडौँ । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा वेस्ट इन्डिजका रोभमन पावेललाई राजस्थान रोयल्सले किनेको छ । राजस्थानले ३० वर्षीय ब्याट्सम्यान पावेललाई सात करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।
पोवेल अलराउन्डर खेलाडी हुन् । यसपटक अक्सनमा उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ निर्धारण गरिएको थियो । उनले यसअघि पनि आईपीएल खेलिसकेका छन् । उनले हालसम्म देशका लागि ६६ वटा टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन् ।
पावेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको ५६ पालीमा २६.७१ को औसतले कुल एक हजार दुई सय दुई रन बनाएका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उत्कृष्ट प्रदर्शन एक सय सात रन हो । टी–२० अन्तर्राष्ट्रियमा उनले एक शतक र पाँच अर्धशतक पनि बनाएका छन् । यसका अतिरिक्त उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाँच विकेट पनि लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा
-
विस्काः जात्रामाथि विचार–मन्थन
-
भरुवा बन्दुक सहित कपिलवस्तुबाट एकजना पक्राउ
-
सङ्घीय व्यवस्थालाई मितव्ययी बनाउन संविधान संशोधन जरूरी देखियो : सांसद आचार्य
-
विसं २०८१ : स्वदेशी ६२, विदेशी ८४ चलचित्र प्रदर्शन, कति भयो कारोबार ?
-
किसानलाई पचास प्रतिशत अनुदानमा कृषि उपकरण