बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव हुने

मङ्गलबार, ०३ पुस २०८०, १४ : २०
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । पुस १० गतेदेखि चितवन पर्यटन तथा हात्ती महोत्सव सञ्चालन हुने भएको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै यसबारेमा जानकारी गराइएको हो । 

चितवनको सौराहामा आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनको लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाईटेड हात्ती सञ्चालन स.सं.लि.र रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपालको सह–आयोजनामा महोत्सव हुने भएको आयोजकले जनाएको छ । महोत्सव पुस १० बाट १४ गतेसम्म सञ्चालन हुनेछ । 

पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरोना भाइरसको महामारीबाट रोकिन गएको महोत्सव फेरि सुरु गर्न लागेको बताए । विश्व सम्पदा सूचीमा सूचिकृत चितवन राष्ट्रिय निकुञ्जको माध्यमबाट पर्यटकहरुलाई आकर्षित गराउँदै चितवनको पर्यटन क्षेत्रलाई महत्त्वपूर्ण गन्तव्य स्थलको रुपमा चिनारी गराउनुसमेत यस महोत्सवको अभिप्राय रहेको बताए ।

श्रेष्ठले पर्या–पर्यटन सम्बन्धित गतिविधिहरु र स्थानीय उत्पादनहरुलाई बजारीकरण गर्दै राष्ट्रिय स्तरसम्म पहिचान गराउन सक्नु महोत्सवको लक्ष्य रहेको बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप