एनसेलले राज्यलाई तिर्नुपर्ने कर असुलउपर गर्न राज्य व्यवस्था समितिको निर्देशन

काठमाडौँ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल शेयर खरिद विक्री छानबिन समितिको प्रतिवेदनलाई समेत आधार बनाई प्रचलित कानुन बमोजिम उसले राज्यलाई तिर्नुपर्ने बुझाउनुपर्ने कर र गैरकर असुलउपर गर्न सरकारलाई निर्देशन दिएको छ ।
मंगलबार एनसेल खरिद विक्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो ।
त्यस्तै समितिले एनसेल छानबिन समितिको प्रतिवेदन नआउँदासम्म यसको सेयर कारोबार कुनै पनि स्वीकृत तथा सहमति नदिन पनि सरकारलाई निर्देशन दिएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।
समितिले दूरसञ्चार ऐन र नियमावली समयसापेक्ष ल्याउन बनाउन सरकारलाई निर्देशन दिनुका साथै २०८६ मा एनसेललाई सरकारको मातहतमा ल्याउन पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
साथै अहिलेसम्म एनसेलले लगेको रकम विवरण राष्ट्र बैङ्कबाट मगाउने निर्णय समितिले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाघको आक्रमणबाट कसरी जोगिने ?
-
माओवादी जातीय अतिवादको पक्षमा छैन : वर्षमान पुन
-
सुरक्षित मातृत्व संशोधन विधेयक संसदमा लैजाने तयारी
-
साउन १ गतेदेखि सबै प्रदेशले सवारी लाइसेन्सको छपाई गर्ने
-
प्रजनन् स्वास्थ्य अधिकार संशोधन विधेयक संसद्मा लैजाने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता
-
युक्रेनलाई अमेरिकाले दिँदै आएको सैन्य सहयोग रोकेपछि यस्तो छ रुसको प्रतिक्रिया