शिवम् सिमेन्टले गर्यो १५ प्रतिशत लाभांश घोषणा
मङ्गलबार, ०३ पुस २०८०, १३ : १८
![शिवम् सिमेन्टले गर्यो १५ प्रतिशत लाभांश घोषणा](https://rpcdn.ratopati.com/media/albums/shivam_7tLJCR6Uf0.jpg)
काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको १३३औँ बैठकले लगानीकर्तालाई १५ प्रतिशत लभांशको प्रस्ताव गरेको हो ।
कम्पनीले चुक्ता पुँजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर दिने छ । १४.२५ प्रतिशतका दरले ६२ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने छ । यस्तै, चुक्ता पुँजीको ०.७५ प्रतिशतका दरले हुने ३ करोड ३० लाख रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
यस्तै, शिवम् सिमेन्टले यही पुस २७ गतेलाई वार्षिक साधारण सभा समेत बोलाएको छ । यसका लागि कम्पनीले यही पुस १९ गते ‘बुक क्लोज’ गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्दै
-
इजरायलमा बिपिन जोशीको सुरक्षित मुक्तिका लागि अपिल
-
जनयुद्ध हिंसा थिएन, हिंसा तत्कालीन राज्य व्यवस्थाले गरेको थियो : शर्मा
-
लागुऔषधसहित दुई जना नियन्त्रणमा
-
रूकुम पश्चिममा भव्यताका साथ मनाइयो जनयुद्ध दिवस (फोटोफिचर)
-
१० बजे १० समाचार : धरापमा शरतसिंहको मन्त्री पददेखि नयाँ शक्तिमा पुरानै नेतृत्वसम्म