कविता : आश
आज पनि उही दिन
उही याद
उही बिहानी, उही साँझ
यी अनिश्चित आशाहरूको उही भण्डार
र भ्रमको धागोमा अल्झिएका
यी अपेक्षाहरूको हरदिन उही सिकार
सोच्छु दिनले पनि त हरेक पल
रातलाई पछ्याइरहेको छ
यी सामूहिक यादहरूको बेग्लै संसार
जहाँ तिम्रा पाइलाले मलाई पछ्याउँदै छन्
र हरेक बढ्दो पाइलासँगै
यी हात तिम्रा हातको छातीमा
आभाषको भाव खोज्दै छन्
तब लाग्थ्यो,
यो दुनियाँ हाम्रै यी बाँधिएका दुई हातमा अडिएर बसेको छ
मानौँ यो हावाले ती रुखका पात हाम्रै लागि नचाउँदै छ
यी फूलहरूले हाम्रो मायाको सुगन्ध सापटी लिएर बाढ्दै छन्
जहाँ समय पनि थामिएर हाम्रा लागि विश्राम गर्दै छ
यी हातले तिम्रो हरेक स्पर्श चोखै सँगालेर राखेका छन्
ताकि जब तिमी आउनेछौ
तिम्रो मुहार हेर्न तर्सिएका यी नयनले
बिनाप्रश्न तिमीलाई पूरै अँगाल्ने छन्
दिनहुँ खुसीको ढोग गरिरहेका यी ओठ
तब निर्लज्ज मुस्कुराउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शून्यमा झरेको छैन डेंगु, सतर्क रहन आग्रह
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार तथा विस्तारका लागि ७२ अर्ब ९३ करोड रुपैयाँको लगानी जुट्यो
-
नेपालमा श्रमजीवी पत्रकार बन्न सहज छैन : जनार्दन शर्मा
-
ट्याटु खोप्दा रगतको क्यान्सर हुने खतरा
-
१४ करोड बराबरको अल्कोहलयुक्त पेय पदार्थ निर्यात
-
निजी मेडिकल कलेजमा स्नातकोत्तर भर्ना हुने आवासीय चिकित्सकलाई सरकारीसरह निर्वाह भत्ता दिन कार्यदलको सुझाव