रियललाई उछिन्दै जिरोना शीर्ष स्थानमा
मङ्गलबार, ०३ पुस २०८०, ०९ : १७
![रियललाई उछिन्दै जिरोना शीर्ष स्थानमा](https://npcdn.ratopati.com/media/news/_132086759_e0fd9555dae488383ab497c51191f335ed80f502_H7tIhItink.jpg)
मड्रिड । यस सिजनको ‘सर्प्राइज प्याकेज’ जिरोनाले आलाभेसलाई हराउँदै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा जिरोना ३–० गोलले विजयी बनेको हो ।
खेलको २३ औँ मिनेटमा अर्टेम डोभबिकले गोल गर्दै जिरोनालाई अग्रता दिलाए । पोर्टुले ४२ औँ मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । दोस्रो हाफमा डोभबिकले पेनाल्टीबाट अर्को गोल थप्दै टोलीलाई सहज जित दिलाए । युक्रेनी स्ट्राइकरको सिजनमा यो १० औँ गोल थियो ।
जीतसँगै जिरोनाले रियल मड्रिडलाई उछिन्दै अङ्क तालिकामा शीर्ष स्थानमा पुगेको छ । जिरोनाको १७ खेलबाट ४४ अङ्क छ । रियलको ४२ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा