उखुको समर्थन मूल्य प्रतिक्विन्टल ५६५ रुपैयाँ तोक्ने सहमति भएको छ : पूर्व मन्त्री श्रेष्ठ
बारा । पूर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ४ का सङ्घीय सांसद किसान श्रेष्ठले यस वर्ष उखुको मूल्य प्रतिक्विन्टल५६५ रुपैयाँमा सहमति भएको बताएका छन् । कृषि अनुसन्धान निर्देशनालय परवानीपुरमा कृषि यान्त्रीकरण तालिमको समापन कार्यक्रममा बोल्दै सङ्घीय सांसद श्रेष्ठले उखुको ५६५ रुपैयाँ प्रतिक्युटलमा सहमति भएर सो प्रस्ताव कृषि मन्त्रालयबाट मन्त्रीपरिषद्मा पुगिसकेको बताए ।
चिनी उद्योग तथा उखु किसानहरूको समस्या समाधान उपसमिति संयोजक समेत रहेका श्रेष्ठले देशभरका चिनी मिलले उखु र्किर्सङ्ग सुरु गरे पनि किसानहरूले नयाँ दररेटमा रकम पाउने बताएका छन् ।
गत वर्ष अनुदान बाहेक मिलले उखुको मूल्य प्रतिक्विन्टल ५४० रुपैयाँ र प्रतिक्युटल ७० रुपैयाँ सरकारले अनुदान स्वरूप दिएको थियो ।
यस वर्ष मिलले दिने रकममा पहिलो चरणमा ११ रुपैयाँ बढाएर प्रतिक्युटल ५५१ रुपैयाँ तोक्ने छलफल भए पनि सङ्घीय सांसद श्रेष्ठले सो रकम न्यून भएको भन्दै चौतर्फी दबाब पछि प्रतिक्युट ५६६ मा सहमति भएको बताए ।
‘चिनी उद्योग तथा उखु किसानहरूको समस्या समाधान उपसमिति संयोजक भएको हिसाबले मूल्य निर्धारण समितिका सदस्य कृषि मन्त्रालय र अर्थ मन्त्रालयको सचिव, सहसचिवलाई बोलाएर ५५१ रुपैयाँ साह्रै थोरै भयो भनेपछि प्रतिक्युटल ५६५ रुपैयाँ सहमति भएको छ’ सङ्घीय सांसद श्रेष्ठले भने ‘केही जिल्लाका किसानहरू यसमा पनि असन्तुष्ट पनि हुनुहुन्छ, सर्लाहीमा चिनी मिल चल्न नदिएको भन्ने पनि छ ।’
श्रेष्ठले धनगढी सहित पश्चिमका जिल्लाहरूको भ्रमणको क्रममा किसानहरूले उखुको मूल्य बढाउन भन्दा उन्नत जातको बिउ उपलब्ध माग गरेको बताए ।
गत वर्ष किसानहरूलाई सरकारबाट पाउनुपर्ने १ अर्ब ३२ करोड अनुदानको रकम मध्ये दीपावली लगत्तै ८० करोड उपलब्ध गराउन सफल भएको र बाँकी रकमको हकमा पनि निकासा भइसकेको सांसद श्रेष्ठले बताएका छन् ।
‘उखु किसानहरूको बाँकी अनुदानको ५२ करोड रुपैयाँको लागि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सरोकारवाला सबै मन्त्रालयलाई चौतर्फी दबाब दिएपछि बल्ल निकासा भएको छ , अव केही दिनभित्रमा किसानहरूको हातमा पुग्छ’ श्रेष्ठले भने ।
२०७१-०७२ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा उखु किसानहरूले उखुको बिक्री गरेको रकमको १३ प्रतिशत भ्याट किसानलाई फिर्ता गर्ने प्रचलनको सुरुवात गरेका थिए । हाल सोही रकमलाई नै सरकारले अनुदानको नाम दिने गरेको छ । सङ्घीय सांसद श्रेष्ठले उखुको नयाँ मूल्य प्रतिक्युटल ५६५ रुपैयाँमा निर्णय भए लगत्तै सोही रकमको १३ प्रतिशत ७३ रुपैयाँ ४५ पैसा किसानहरूले अनुदान स्वरूप पाउनुपर्ने माग गरेका छन् ।
श्रेष्ठले आफू सङ्घीय सांसद मात्रै नभएर व्यावसायिक रूपमा उखु, कागती खेती र पाडा पालन गर्दै आएकोले कृषक पनि भएको बताएका छन् । कृषि यान्त्रीकरण तालिम झापा, कपिलवस्तु सहित देशभरबाट छनोट भएका २० जना कृषि प्राविधिक सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ‘फेक डकुमेन्ट’बारे दुर्गा प्रसाईंको बयानदेखि रवि–निकिताको बैंक खाताको विवरण संकलनसम्म
-
बागमती विश्वविद्यालय सञ्चालनका विषयमा काठमाडौँमा छलफल
-
भारतीय गुन्डा नाइके विश्नोइको नाममा राष्ट्र बैंकका उच्च अधिकृतलाई पनि धम्की
-
अभिनेत्री सामन्था रुथ प्रभुका पिताको निधन
-
प्राधिकरणको पत्र पीपीए सम्झौता विपरीत : सोपान
-
‘उकाली ओराली’ गीत गाउँदै सोनु निगमले भने,‘नेपाली फ्यान भेट्न आतुर छ ’