नेपाल सुपर लिग : आज इलामले ललितपुर र बुटवलले पोखराको सामना गर्ने
मङ्गलबार, ०३ पुस २०८०, ०६ : ४२

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीको सामना गर्ने भएको छ । खेल दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सुरु हुनेछ ।
आजै हुने अर्को खेलमा बुटवल लुम्बिनी एफसीले पोखरा थन्डर्सको सामना गर्ने भएको छ । यो खेल साँझ पाँच बजे सुरु हुनेछ ।
यसअघि हिजो भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबिचको खेल बराबरीमा सकिएको थियो । धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
काठमाडौंसहित देशका केही भेगमा वर्षा, यस्तो छ सातै प्रदेशको भोलिको मौसम
-
नेपालले महिला तथा बालिकाको सशक्तीकरणमा उल्लेख्य उपलब्धि हासिल गरेको छ : मन्त्री सुडी
-
मेचीनगर गोल्डकप: चर्च ब्वाइज युनाइटेड फाइनलमा
-
कोशी प्रदेश प्रमुखद्वारा ५ वटा विधेयक प्रमाणीकरण (सूचीसहित)