माओवादी पदाधिकारी बैठकको समय सर्यो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बिहान बोलाएको पदाधिकारी बैठकको समय सरेको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बोलाएका थिए । तर प्रधानमन्त्री समेत रहेका उनको कार्य व्यस्तताका कारण बैठकको समय फेरबदल भएको सचिव गणेश साहले जानकारी दिए ।
रूपान्तरण अभियान, विधान सम्मेलन,राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल गर्न उनले बैठक बोलाइएका हुन् । ‘विधान सम्मेलनको तयारी, रूपान्तरण अभियानको समीक्षाका लागि अध्यक्षज्यूले बिहान बैठक ८ बजे बैठक राखेको खबर आएको थियो । फेरि कार्य व्यस्ताका कारण बैठक ३ बजे राखिएको जानकारी आएको’, उनले भने ।
भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होलीको दिन के गर्दैछन् नेताहरू ?
-
चैत महिनाका लागि एक दर्जन बैंकले गरे ब्याजदर घटबढ
-
चालकले लागु पदार्थ सेवन गरेको जाँच गर्न इन्स्पेक्टरको नेतृत्वमा टोली परिचालन
-
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
-
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
-
‘पञ्चायत’ का सफल अभिनेतालाई काम पाउनै सकस