नेपाल सुपर लिग : धनगढी र काठमाडौँबिचको खेल बराबरीमा सकियो

काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको धनगढी एफसी र काठमाडौँ रेजर्सबीचको खेल बराबरीमा सकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला सम्पन्न खेलमा धनगढी र काठमाडौँबिचको खेल १–१ गोलको बराबरी सकिएको हो । यससँगै दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । खेलमा पहिलो अग्रता भने धनगढीले लिएको थियो । खेलको १५औँ मिनेटमा धनगढीका अहमद हिजाजीको गोल गर्दै आफ्नो टोलीलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै, खेलको ६६औँ मिनेटमा काठमाडौँले बराबरी गोल गर्यो । काठमाडौँको तोजीदिनोभको क्रसमा किङ्गे ओलिभरले हेडरमार्फत गोल गर्दै खेललाई एक–एक गोलको बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले गोल गर्न सकेनन् र खेल एक–एक गोलको बराबरीमा सकियो ।
यस खेलसँगै धनगढीले ६ खेलको समाप्तिमा १२ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । काठमाडौँ पाँच खेलमा नौ अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा यथावत् रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा हुने ‘लाफ्टर फर लाइफ’मा राजेश हमालको स्ट्यान्ड अप कमेडी
-
होली पर्व पारेर फिल्म ‘कुम्भ’ निर्माण घोषणा
-
नेपाल हाउस : स्वादिष्ट परिकारका लागि उपयुक्त गन्तव्य
-
कोठा खोज्ने बहानामा अनलाइनमार्फत ठगी
-
दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
-
काठमाडौंसहित देशका केही भेगमा वर्षा, यस्तो छ सातै प्रदेशको भोलिको मौसम