बागमती गाउँपालिका महासंघले बुझायो मुख्यमन्त्रीलाई ६ बुँदे ध्यानाकर्षणपत्र
हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले ६ बुँदे मागसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई ध्यानाकर्षणपत्र बुझाएको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा महासंघ बागमती प्रदेश समितिले जम्कट्टेललाई विभिन्न ६ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको हो ।
महासंघ बागमती प्रदेश कार्यसमिति अध्यक्ष कर्णबहादुर मगर नेतृत्वमा गएको टोलीले कर्मचारी समस्या समाधान लगायतका ६ बुँदे ध्यानाकर्षणपत्र बुझाएको हो । महासंघले प्रदेश समपूरक र विशेष अनुदान कार्यविधि संशोधन गर्न, स्थानीय सरकारसँग सम्बन्धित कानूनहरु निर्माणमा समन्वय गर्न माग गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघको अनिवार्य सहभागिता कानुन निर्माण गर्दा भौगोलिक तथा नीतिगत समस्या हल हुनुको साथै स्थानीय नागरिकहरुलाई सेवा प्रवाह गर्न तथा कार्यान्वयनमा सहजता प्रदान हुने जनाइएको छ ।
त्यसैगरी, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम महासंघको सहकार्यमा गर्न प्रदेश सरकारसँग माग गरिएको छ । गाउँपालिका महासंघ बागमती प्रदेश कार्यालय संचालन गर्न अनुदानको व्यवस्था गर्न, स्थानीय सरकारको कर्मचारी सरुवा बढुवा हुँदा सम्बन्धित गाउँपालिकासँगको समन्वयमा मात्रै गर्न र दहत्तर बहत्तर संकलन लगायतका कानुनी जटिलता हटाउन महासंघले प्रदेश सरकारसँग माग गरेको छ ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले गाउँपालिका महासंघले उठाएका कर्मचारी अभाव, दहत्तर बहत्तर संकलन लगायत स्थानीय सरकार संचालनका क्रममा परेका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । स्थानीय तहसँगको समन्वयमा प्रदेश सरकारले काम गर्ने उनले बताए ।
कार्यक्रममा महासंघ बागमती प्रदेश कार्यसमिति सचिव कान्छालाल जिम्बा, सहसचिव मानकुमारी पाख्रिन र सदस्य फणीन्द्र तिमल्सिनाको सहभागिता रहेको थियो । टोलीले स्थानीय तहमा कर्मचारी अभावको समस्याबारे प्रदेश लोकसेवा आयोगका पदाधिकारी, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय र प्रदेश किताबखानाका निर्देशक अनिता तामाङसँग छलफल गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : अंक दुरीमा बोरुसियाले बार्सिलोनालाई भेट्टायो
-
च्याम्पियन्स लिग : लिभरपुल शीर्ष स्थानमा उक्लियो, रियाल मड्रिड स्तब्ध
-
विश्लेषकहरु भन्छन्-लेबनान युद्धविराम मध्यपूर्वको समस्या समाधान होइन, राहत मात्रै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन