मङ्गलबार, २९ असोज २०८१
ताजा लोकप्रिय

शाहरुखको पठानभन्दा छिटो ५०० करोड क्लबमा पुग्यो रणवीरको एनिमल

सोमबार, ०२ पुस २०८०, १८ : ०८
सोमबार, ०२ पुस २०८०

नयाँ दिल्ली । रणवीर कपूरको फिल्म एनिमलले बक्स अफिसमा जबरजस्त बहार ल्याएको छ । डिसेम्बर १ मा फिल्म रिलिज भएको थियो । 

फिल्मले अहिलेसम्म पनि शानदार कमाई गरिरहेको छ । पहिले दुई सप्ताहन्तमा शानदार कलेक्शन पछि तेस्रो सप्ताहन्तमा समेत फिल्मले कमाइको भव्य सिलसिला जारी राख्यो । फिल्मले घरेलु बक्स अफिसमा ५०० करोडको आँकडा पार गरेको छ ।

एनिमलले रणवीरलाई बलिउडको सुपरस्टार बनाइदिएको छ । बक्स अफिसमा पहिलो दिनदेखि नै फिल्मले रेकर्डतोड कमाइको सुरुआत गरेको थियो । फिल्मले एकपछि अर्को रेकर्ड बनाइरहेको छ । आइतबारसम्ममा फिल्मले भारतमा ५१२ करोड भारुभन्दा धेरै कमाएको छ । योसँगै एनिमल रणवीरको करियरमा घरेलु बक्स अफिसमा ५०० करोडको व्यापार गर्ने पहिलो फिल्म बनेको छ ।

तर फिल्म जुन गतिका साथ यो क्लबमा छिर्‍यो यसले शाहरुख खानको पठान र सनी देओलको गदर –२ लाई पनि पछाडि पारेको छ । शाहरुखको पठानलाई यो क्लबमा छिर्न २२ दिन लागेको थियो । गदरले यो सफलता २४ दिनमा पायो । यस मामिलामा एनिमलभन्दा अगाडि शाहरुखको जवान छ । जवानलाई घरेलु बक्स अफिसमा ५०० करोड कमाउन १३ दिन मात्रै लागेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप