पोखरेलको प्रश्न : कोशी प्रदेशको नामकरण एमालेले गराएको हो ?
सोमबार, ०२ पुस २०८०, १७ : ५९

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् ।
विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने र पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने वरिष्ठ उपाध्यक्ष पोखरेलको जिकिर थियो । आइतबार झापाको बिर्तामोडमा सञ्चारकर्मीमाझ उनले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने बताए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो भनी प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोप समेत लगाए ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला
-
धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट