कांग्रेस र एमालेको आपसी डर भगाउन तालमेल नगर्ने सहमति गरौँ : महामन्त्री थापा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस र एमालेबिच आपसी डर भगाउन निर्वाचनमा तालमेल नगर्ने सहमति गर्न प्रस्ताव गरेका छन् ।
तनहुँमा आयोजित एक कार्यक्रममा थापाले १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन भनेर सहमति गर्न प्रस्ताव गरेका हुन् । ‘१६५ निर्वाचन क्षेत्रमा उम्मेदवार नउठाउने राष्ट्रिय दल हुँदैन यसकारणले निर्वाचन अघि कांग्रेस, एमाले र कुनै पनि दलले गठबन्धन गर्न पाउँदैन भन्ने अवस्था पनि बनाऊँ ’, थापाले भने, ‘यस्तो हुँदा कांग्रेस एमालेसँग र एमाले कांग्रेससँग डराउनु पर्दैन । यो गर्न सकिन्छ ।’
यस्तो अभ्यास थुप्रै देशमा पनि रहेको उनको भनाइ छ । ‘यस्तोमा आस्थाको आधारमा कांग्रेस रोज्नेहरू विचलित हुँदैनन् । रणनीतिक हिसाबले पनि ठीक ठाउँमा उभिन सकिन्छ,’ थापाले भने ।
यस्तै महामन्त्री थापाले पार्टीको आन्तरिक गतिविधिसँगै कांग्रेसबाट निर्वाचन जनप्रतिनिधिको निगरानी गर्न आग्रह गरे । पार्टीको इतिहासबारे तन्नेरीसँग कुरा गर्नुपर्ने उनको भनाइ छ ।
‘पार्टीको इतिहासको कुरा गरेर हुँदैन भन्दै छौँ । तर, कांग्रेस भएन भने अधिनायकवाद आउँछ, कांग्रेस भएन भने स्वतन्त्रता जान्छ, कांग्रेस भएन भने राष्ट्रियता जान्छ, कांग्रेस भएन भने यो हुन्छ भने कोठाभित्र भन्नुहुन्छ । यही कुरा बाहिर गएर तन्नेरीसँग किन भन्दैनौँ ?’ महामन्त्री थापाको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३.५३ अंकले घट्यो नेप्से, परिसूचक २५८३ बिन्दुमा
-
सुरक्षित कारोबार ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल
-
नक्कली प्रमणपत्र पेस गरेर बढुवा हुँदा अख्तियारले समात्यो
-
पर्यटनमन्त्री बद्री पाण्डेलाई बलिउड अभिनेता जोन अब्राहमको पत्र
-
कैलालीबाट आधा किलो भन्दा बढी सुन बरामद
-
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे