प्रचण्डले बोलाए पदाधिकारी बैठक
सोमबार, ०२ पुस २०८०, १६ : ०२
काठमाडौँ । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पदाधिकारी बैठक बोलाएका छन् । रुपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको सचिव गणेश साहले जानकारी दिए । साहका अनुसार बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्दैछ ।
‘खासगरी विधान सम्मेलनको तयारी, रुपान्तरण अभियानको समिक्षाका लागि अध्यक्षज्यूले बैठक बोलाउनुभएको छ । राष्ट्रिय सभा निर्वाचनको विषयमा पनि छलफल हुन्छ’, रातोपाटीसँग उनले भने । भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी