आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
संसदीय सुनुवाइ समिति बैठक

प्रस्तावित न्यायाधीशलाई सांसदको प्रश्न : न्यायमा पहुँच नहुनेहरूलाई न्याय दिन के गर्नुपर्ला ?

सोमबार, ०२ पुस २०८०, १२ : ४४
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिलकुमार पोखरेललाई सांसदहरूले न्यायमा पहुँच नहुनेहरूलाई न्याय दिन के गर्नुपर्ला ? भनेर प्रश्न गरेका छन् । सोमबार सिंहदरबारस्थित समितिको कार्यालयमा भएको सुनुवाइका क्रममा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले प्रस्तावित प्रस्तावित न्यायाधीश शर्मालाई यस्तो प्रश्न गरेका हुन् । सुनुवाइका क्रममा सांसद शर्माले पोखरेललाई सोधे, ‘न्यायमा पहुँच नहुनेहरूलाई न्याय दिन के गर्नुपर्ला ?’

बैठकमा एमालेका सांसद महेश बर्ताैलाले प्रस्तावित न्यायाधीश पोखरेलका बारेमा कुनै उजुरी नआउनु आफैमा राम्रो पक्ष भएको भन्दै पहिले एउटा पक्षको बहसमा हुनुहुन्थ्यो, अब दुवै पक्षको बहस सुन्नुपर्छ, त्यसको व्यवस्थापन कसरी गर्नुहुन्छ भनेर प्रश्न गरे ।

उनले अर्को प्रश्न पनि गरे । २८ हजार मुद्दाको लगत घटाउन के गर्नुपर्ला ? धेरै मुद्दा किन वरिष्ठ कानुन व्यवसायीको कब्जामा छ । नवोदित कानुन व्यवसायीलाई इजलासले विश्वास नगरेको हो ? प्रयोजनविहीन मुद्दाहरू धेरै छन् । एकै पेसीमा सकाउन मिल्दैन ? भनेर प्रश्न गरे ।

सांसद रमेशजंग रायमाझीले फैसला कार्यान्वयनका लागि अदालतले फैसला मात्रै गरिदिने हो कि कार्यान्वयनका लागि अदालतको पनि भूमिका रहन्छ ?भन्दै पहिले एउटा पक्षको भूमिकामा रहनुभयो, अब दुवै पक्षको कुरा सुन्नुपर्छ, सहज हुन्छ कि हुँदैन ? भनेर प्रश्न गरे ।

त्यस्तै सांसद डिपी अर्यालले स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका कारण बिदेसिने सङ्ख्या बढ्दो छ । यसलाई तपाईं कसरी हेर्नुहुन्छ भन्ने प्रश्न गरे । अर्का सांसद रमेश लेखकले समयमै न्याय नपाउने अवस्था भएको र ३–४ वर्षभित्र परिणाममुखी हुने गरेर केही गर्न सकिन्छ कि ? भन्ने प्रश्न गरेका छन् ।

त्यसैगरी सांसद देवेन्द्र दाहालले सर्वोच्च अदालतको समस्या पेशी धेरै तोकिने तर सुनुवाइ नभई स्थगित हुने अवस्था रहेको बताउँदै त्यसलाई कसरी व्यवस्थापन गर्न सकिएला ? भन्ने प्रश्न गरे ।

अर्का सांसद ईश्वरी घर्तीले सरकारवादी भएका मुद्दाहरूमा अपेक्षाकृत सफलता पाउन नसकिएको महान्यायाधिवक्ता कार्यालयको तथ्याङ्कले देखाएको भन्दै किन त्यस्तो भएको भन्ने प्रश्न गरिन् । उनले त्यसका लागि कानुन नै संशोधन गर्नुपर्ने भएको हो कि ? भन्ने प्रश्न गरिन् ।

त्यस्तै अर्की सांसद ईश्वरीदेवी न्यौपानेले सानालाई ऐन, ठुलालाई चैन भने जस्तै भएको बताउँदै पहुँच नहुनेले न्याय पाउन नसकेको गुनासो गरिन् । पहुँच नहुनेले न्याय पाउन वा दिलाउन के गर्नुहुन्छ ? भन्ने उनको प्रस्तावित न्यायाधीश पोखरलाई प्रश्न थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप