धनगढीमा महोत्सवमा हरायो पल शाहको ३ तोलाको ब्रासलेट

काठमाडौँ । धनगढीमा जारी सुदूरपश्चिम महोत्सवमा अभिनेता पल शाह (पूर्णविक्रम शाह)को ब्रासलेट हराएको छ । महोत्सवमा शनिबार प्रस्तुति दिने क्रममा उनको करिब ३ तोलाको सुनको ब्रासलेट हराएको हो ।
प्रस्तुतिका क्रममा फ्यानसँग हात मिलाउने सिलसिलामा ब्रासलेट झरेको हुन सक्ने महोत्सवका सांस्कृतिक संयोजक मिलन कुँवरले बताए । ‘फ्यान कसैले निकाल्यो वा आफै खस्यो त्यो थाहा भएन’, कुँवरले भने ‘ब्रासलेट भने हराएको हो ।’ ब्रासलेट हराएपनि पलले फ्यानलाई भने दोष नदिएको उनको भनाइ छ । ‘ब्रासलेट हराएकोमा पलले कुनै दुख व्यक्त गरेका छैनन्’, कुँवर थपे ।
उद्योग वाणिज्य महासङ्घ कैलालीले आयोजना गरेको महोत्सव गत मंसिर २२ देखि नियमित चलिरहेको छ । पुस २ गतेसम्म चल्ने भनेर आयोजना भएको महोत्सव तीन दिन थप गरिएको छ ।
महोत्सवमा आइतबार गायक प्रमोद खरेलको प्रस्तुति रहेको थियो । महोत्सवमा गायक रामजी खाँड, खेम सेन्च्युरी, पुष्कल शर्मा, हिमाल सागर, शान्तीश्री परियार, एलिना चौहान, प्रताप दास, रमेश राज भट्टराई, बबिता बानिया जेरी लगायत थुप्रै गायक गायिकाले प्रस्तुति दिइसकेका छन् । महोत्सवमा दैनिक करिब १ लाख बढी दर्शक हुने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको ओखलढुङ्गा जिल्ला अध्यक्षमा प्रकाश तामाङ निर्वाचित
-
यातायात कार्यालय पाल्पा : सेवाप्रवाह छिटोछरिता हुँदा राजस्व सङ्कलनमा वृद्धि
-
बागमतीका मन्त्रीहरूको कार्य सम्पादन समीक्षा आज
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची