दिग्गज अभिनेत्री तनुजा अस्पताल भर्ना

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री तनुजा अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मुम्बईको जुहू अस्पतालमा भर्ना गरिएको हो ।
८० वर्षीय तनुजा उमेर सम्बन्धी बिमारीबाट पीडित छिन् । अहिले उनलाई आइसियुमा भर्ना गरिएको छ । केही समयदेखि डाक्टरको निगरानीमा रहेकी उनको हालत स्थिर बताइन्छ ।
तनुजाको जन्म १९४३ मा भएको थियो । उनका बुबा कुमारसेन समर्थ फिल्म निर्देशक थिए, भने आमा शोभना समर्थ अभिनेत्री थिइन् । उनले आफ्नो अभिनय करियर १९५० मा बाल कलाकारको रूपमा सुरु गरेकी थिइन् । मुख्य भूमिकाको रूपमा उनको पहिलो फिल्म ‘छबीली’ हो । १९६१ मा आएको फिल्म ‘हमारी याद आएगी’ उनको करियरमा महत्त्वपूर्ण साबित भयो ।
तनुजाले ‘आज और कल’, ‘बहारे फिर भी आएगी’, ‘दो चोर’, ‘दो दुनी चार’, ‘घराना’ लगायत थुप्रै सम्झन लायक फिल्म अभिनय गरेकी छन् । उनलाई दुई पटक वेस्ट स्पोटिङ अभिनेत्रीको रूपमा फिल्म फेयर अवार्ड समेत मिलेको छ । २०१४ मा उनलाई फिल्म फेयरका लाइफ टाइम अचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो । १९७३ मा शोनु मुखर्जीसँग विवाह गरेकी उनको दुई छोरी छन् । जसको नाम काजोल र तनीषा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?