फोटोफिचर
मेलम्चीको पानीमा चलखेल बन्द गर्न माग गर्दै प्रदर्शन, तस्बिरहरू
सोमबार, ०२ पुस २०८०, ११ : ३७

काठमाडौँ । काठमाडौँ उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग राखेर प्रदर्शन गरेका छन् ।
सोमबार काठमाडौँको कोटेश्वरमा भेला भएर स्थानीयले खाली भाडासहित प्रदर्शन गरेका हुन् । मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण गर्न माग गर्दै प्रदर्शन गरेको प्रदेश सांसद समेत रहेका सुनिल केसीले जानकारी दिए ।
प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए । कोटेश्वर चोकबाट र्यालीसहित प्रदर्शनकारीहरू तीनकुनेतर्फ अघि बढेका छन् । उपत्यका खानेपानी सङ्घर्ष समितिको आह्वानमा प्रदर्शन गरेको सांसद केसीको भनाइ छ । गत वर्ष वितरण सुरु भएको मेलम्चीको पानी पुन मुहान मर्मत गर्नुपर्ने भन्दै हाल रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माल्टामा नेपालको पर्यटन प्रवर्द्धन गर्ने पहल, ‘नेपाल डे’ मनाइँदै
-
पतिबाट बच्चा नहुने भएपछि जेठाजुसँग शारीरिक सम्बन्ध राख्न दबाब
-
टिकापुर बहुमुखी क्याम्पसमा नेविसंघका साउँद अध्यक्षमा विजयी
-
तीनकुने घटना : थप तीन जना प्रहरी नियन्त्रणमा
-
मुम्बई आक्रमणका अभियुक्त तहव्वुर राणाको सुपुर्दगी सफल : एनआईए
-
नयाँ वर्षमा सुनराको स्कुटर किन्दा ६० हजारसम्म छुट