लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने
सोमबार, ०२ पुस २०८०, १० : ५१

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो वर्ष लगानीकर्ताहरूलाई लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको १६९औँ बैठकको निर्णयअनुसार यो वर्षको नाफा सञ्चित गरिनेछ । कम्पनीको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले पारित गर्नुपर्नेछ ।
यस्तै, आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ । लक्ष्मी लघुवित्तले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर तिरेपछि यो वर्ष नाफा वितरण नगरेको हो । कम्पनीले ४४ लाख १६ हजार ९६ रुपैयाँ कर बुझाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले वेस्ट बैंकका तीन शरणार्थी शिविर खाली गरायो
-
विभागले खाद्य नियमावलीको मस्यौदा तयार गर्ने
-
दुध ढुवानीमा समस्या देखिएको भन्दै संघद्वारा सहज आवागमनको माग
-
नेपाली जनप्रगतिशील मञ्च बहराइनको १५औं स्थापना दिवस सम्पन्न
-
शहरी र फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति कार्यान्वयनमा संघ, प्रदेश र स्थानीय तहले समन्वय गर्ने
-
पृथ्वीसँग ठोक्किने छुद्रग्रहका कुरा