वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा इजरायली आक्रमणमा परी पाँच प्यालेस्टाइनीको मृत्यु भएको जनाएको छ । नूर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट मृत्यु भएको हो ।
स्थानीय प्यालेस्टिनी स्रोतहरूकाअनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दस घण्टा लामो सैन्य आक्रमण गरेको थियो । यसैबीच इजरायली सेनाले एक विज्ञप्ति जारी गर्दै तुलकर्म नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य गतिविधिको क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ ।
आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी डब्ल्युएएफएकाअनुसार अक्टोबर ७ मा इजरायली–प्यालेस्टाइन द्वन्द्वको नयाँ चरण शुरु भएदेखि कम्तिमा २९६ प्यालेस्टाइनीहरू वेस्ट बैंकमा इजरायली सेनाद्वारा मारिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली सेनाले १५ प्यालेस्टिनी डाक्टरको हत्या गर्यो : यूएन
-
लखनउलाई उसैको घरमा जिल्याउँदै लगातार दोस्रो जित निकाल्ने धुनमा पञ्जाब
-
बिपी राजमार्ग : वैकल्पिक सडक निर्माण गरिँदै
-
कुर्दिश लडाकु समूहलाई ढिलाइ नगरी निःशस्त्रीकरण एर्दोगानको आग्रह
-
उपभोक्ता अदालत सञ्चालनमा आयो, सहज होला न्याय ?
-
‘कर्मा’को गीतमा रोमान्टिक देखिए उपासना र विपिन