नेपाली समाज टेक्ससको अध्यक्षमा वाग्ले विजयी

टेक्सस । अमेरिकाको नेपाली समुदायको सामाजिक संस्था नेपाली समाज टेक्सस(एनएसटी)को अध्यक्षमा दोस्रो पटक राजेन्द्र वाग्ले विजयी भएका छन् । शनिबार सम्पन्न भएको निर्वाचनमा वाग्लेले ८ सय ८५ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी अध्यक्ष पदका उम्मेदवार कमल सत्यालले ६ सय ११ मत प्राप्त गरे ।
सन् १९९७ मा स्थापित संस्थामा हाल यसका दुईहजार ५ सय १२ जना सदस्य छन् । शनिबार सम्पन्न निर्वाचनमा भने १ हजार ५ सय ६४ मत मात्र खसेको थियो । वाग्ले २०२४ -२०२५ का लागि पुन निर्वाचित भएका छन् ।
वाग्ले नेपाल भक्तपुरका स्थायी निवासी हुन् । नेपाल मै प्राध्यापक रूपमा अध्यापन गराउँदै आएका प्रा वाग्ले विविधता चिट्ठा (डिभी)मार्फत परिवार सहित अमेरिका आएका हुन् । वाग्ले सामाजिक अभियन्ता पनि हुन् ।
त्यसै गरी वरिष्ठ उपाध्यक्षमा जनक भण्डारी, उपाध्यक्षमा बलराम पौडेल, महासचिवमा विजय भुसाल सचिवमा पुण्य पाण्डे कोषाध्यक्षमा रामकृष्ण यादव र सह कोषाध्यक्षमा गोविन्दराज जोशी निर्वाचित भएका छन् ।
निर्वाचित समितिका अनुसार खेलकुद संयोजकमा निलेश श्रेष्ठ तथा युवा विद्यार्थी संयोजकमा प्रविश श्रेष्ठ निर्वाचित भएका छन् । समितिकै सदस्यहरूमा रमेश अधिकारी, राधिका खराल, जिवलाल भुसाल तथा राधा पौडेल अधिकारी विजयी भएका छन् ।
त्यस्तै महिला उपाध्यक्षमा सावित्री भण्डारी र महिला संयोजक पदमा शान्ता गिरी निर्विरोध निर्वाचित भई सकेका थिए । दुई समूहबाट मैदानमा उत्रिएता पनि नतिजा मिश्रित रूपमा आएको छ । निर्वाचन प्रमुख वैकुण्ठ विक्रम थापा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीले एक दिन पनि सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेका छन्: प्रचण्ड
-
प्रधानमन्त्री बन्नेहरूलाई काम गर्न नसके कान समातेर उठबस गर्ने वाचा खुवाउनुपर्छ : वामदेव गौतम
-
तीन हजार भन्दा बढी करदाताले बुझाएनन् विवरण
-
घट्यो ट्रम्पप्रतिको जन समर्थन, ट्रम्पले आफूलाई बलियो बनाउँदै लगेपछि चिन्तित जनता
-
कति पारिश्रमिक पाउँछन् आईपीएलका चियरलिडर्सले ?
-
धरापमा छ टाइगर श्राफको ज्यान ?