मौद्रिक नीतिको असर : कुन बैंकको ब्याजदर कति ?
काठमाडौँ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षामा बैंक दरसँगै नीतिगत दर र निक्षेप सङ्कलन दर घटेसँगै यसको प्रत्यक्ष असर बैंकको ब्याजदरमा परेको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षामार्फत यसअघिको ७.५ प्रतिशतको बैंकदरलाई घटाएर ७ प्रतिशत, ६.५ प्रतिशतको नीतिगत दरलाई ५.५ प्रतिशत र ४.५ प्रतिशत रहेको निक्षेप सङ्कलन बोलकबोल दरलाई ३ प्रतिशतमा झारेको थियो । योसँगै यता बैंकहरुको निक्षेपको ब्याजदर १ प्रतिशत बढीले घट्न पुगेको हो ।
मौद्रिक नीतिको समीक्षा लगत्तै ब्याजदर पुनरावलोकन सुरु गरेका बैंकहरुले पुस महिनाका लागि घट्दो दरमा नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
नेप्सेमा सूचिकृत २० वटा वाणिज्य बैंकहरुमध्ये १८ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । हिमालयन बैंकले अघिल्लो महिनाको तुलनामा सबैभन्दा १.९९७ प्रतिशतले ब्याजदर घटाएको छ भने माछापुच्छ्रे बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आईएमई बैंक र एभरेष्ट बैंकले १ प्रतिशतले ब्याजदर घटाएका छन् ।
यसैगरी, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सिटिजन्स् बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक, एनएमबि बैंक, प्रभू बैंक, सानिमा बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, नविल बैंक, स्ट्यान्र्ड चार्टर्ड बैंक र नेपाल बैंकले आफ्नो ब्याजदर १ प्रतिशत कमले घटाएका छन् ।
बैंकहरुले अघिल्लो मङ्सिर महिनाका लागि न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका थिए ।
कुन बैंकको ब्याजदर कति ?
उसो पछिल्लो समय बैंकहरुमा अधिकतम तरलता थुप्रिएसँगै लगानीको अभावमा ब्याजदर घटाउनुपर्ने बाध्यता आइलागेको छ । बैंक तथा वित्तीय संस्थाहरूसँग ५ खर्ब बढी तरलता (लगानी योग्य पुँजी) रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते