डेढ वर्षपछि तामाङको मुद्दामा साक्षी बुझ्न आदेश

काठमाडौँ । विशेष अदालतले सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा साक्षी बुझ्न आइतबार आदेश गरेको छ । विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उक्त मुद्दामा सरकारी पक्षका साक्षी बुझ्न आदेश गरेको हो ।
आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ भदौ १६ गते तामाङसमेतविरुद्ध आरोपपत्र दर्ता गरेको थियो । विभागले तामाङ, उनकी पत्नी, छोरीलगायत ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दर्ता गरेको हो । यो मुद्दामा करिब ५ अर्ब रुपैयाँ बिगो मागदाबी गरिएको छ । मुद्दा दर्ता गरेको करिब डेढ वर्षपछि विशेष अदालतले साक्षी बुझ्न आदेश गरेको हो । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपा महामन्त्री जबरा बुधबार मुम्बई जाने
-
वायु प्रदूषण घटेपछि खुल्यो आकाश, देखिन थाले हिमाल, तस्बिरहरू
-
शिक्षकहरूको आन्दोलनमा अभिभावक घुसेपछि...
-
फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
-
पौडी खेल्ने क्रममा तीन बालक दानव नदीमा बेपत्ता
-
श्रेयज सुवेदीको कथा सङ्ग्रह 'बहुरूपी' सार्वजनिक